शुक्रबारदेखि खाद्य संस्थानले खसी-बोका विक्री गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

शुक्रबारदेखि खाद्य संस्थानले खसी-बोका विक्री गर्ने

khasi boka

काठमाडौं, २५ असोज । नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्री-वितरण सुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरणको काम सुरु गर्ने जानकारी गराएको हो ।

संस्थानका लागि बागमती अंचल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जानकारी दिए ।

भोलीसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याउने योजना बनाइएको छ भने हेटौंडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ । शुक्रबार विहान ८ बजेदेखि खसी, बोका र च्याङग्रा विक्री वितरण हुनेछ ।

बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ । संस्थानका बागमती अञ्चल कार्यालयका प्रमुख विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको विक्री वितरण हुने बताए । बिहीबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने स्पष्ट पारे ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्ने गरेको छ । यस वर्ष बाटो अप्ठ्यारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउन कठिनाई भईरहेको पनि संस्थानले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);