आजबाट सहुलियत दरमा दसैँका लागि खसी-बोका बिक्री सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

-च्याङग्रा प्रतिकेजी मूल्य ६ सय ७५ रुपैयाँ

-खसीको प्रतिकेजी ४ सय ५५

-बोकाको प्रतिकेजी ४ सय ५० रुपैयाँ

काठमाडौं, ५ असोज । सरकारले दसैँको अवसर पारेर सहुलियत दरमा खसी, बोका र च्याङ्ग्रा विक्री वितरणको काम सुरु गरेको छ । नेपाल खाद्य संस्थानले घटस्थापनाको दिनबाट सहुलियत तथा सुपथ मूल्यमा काठमाडाैँको थापाथलीस्थित विक्री कक्षबाट खसी, बोका र च्याङग्राको विक्रीवितरणको काम सुरु गरेको हो ।

बजारको मूल्य भन्दा प्रतिकेजी १० रुपैयाँ सहुलियत दरमा खसी, बोका र च्याङग्राको विक्री वितरणको काम सुरु गरिएको संस्थानका अञ्चल प्रमुख भेषराज न्यौपानेले जानकारी दिए ।

बिहीबार भने च्याङग्राको मात्रै विक्रीवितरण हुनेछ । च्याङग्रा प्रतिकेजी मूल्य ६ सय ७५ रुपैयाँ तोकिएको छ । खसी र बोकाको विक्री वितरण भने शुक्रबारबाट सुरु हुनेछ ।

बिहीबार बेलुकासम्म २ सय ३ वटा खसी, बोका काठमाडौं भित्रने भएकाले शुक्रबारबाट मात्रै यसको विक्री वितरणको काम सुरु हुने प्रमुख न्यौपानेले बताए । खसीको प्रतिकेजी ४ सय ५५ र बोकाको प्रतिकेजी ४ सय ५० रुपैयाँमा विक्री वितरण हुनेछ । बजार मूल्य भन्दा प्रतिकेजी १० रुपैयाँ सहुलियत दरमा संस्थानले खसी र बोकाको विक्री वितरण सुरु गरेको हो

खाद्य संस्थानले विक्री वितरणका लागि मुस्ताङबाट च्याङग्रा झिकाएको हो । त्यसै गरी खसी र बोका भने दाङ र हेटौडाबाट ल्याउने काम भईरहेको संस्थानका अञ्चल प्रमुख न्यौपानेले बताए ।

संस्थानले यस वर्ष १५ सयवट खसी-बोको र १५ सय वटा च्याङग्रा विक्रीवितरण गर्ने योजना बनाएको छ । प्राकृतिक प्रकोपका कारण तिब्बतबाट च्याङग्रा नेपाल भित्रयाउन कठिनाई भईरहेको संस्थानले जनाएको छ ।

संस्थानका अञ्चल प्रमुख न्यौपानेले आम उपभोक्ताको आवश्यक्तालाई ध्यानमा राखेर खसी, बोका र च्याङग्राको विक्रीवितरणको कामलाई व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे । खाद्य संस्थानले हरेक वर्ष दसैंको अवसर पारेर खसी, बोका र च्याङग्रा सहुलियत दरमा विक्री वितरण गर्दै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);