खाद्य संस्थानले कार्तिक अन्तिम सातासम्म खसी-बोकाको बिक्रि वितरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खाद्य संस्थानले कार्तिक अन्तिम सातासम्म खसी-बोकाको बिक्रि वितरण गर्ने

काठमाडौं, २७ असोज । नेपाल खाद्य संस्थानले कार्तिक अन्तिम साता सम्म खसीबोका र च्याङग्राको बिक्रि वितरण गर्ने जनाएको छ । शुक्रवारदेखी दसैंका लागि खसी बोका र च्याङगा्र बिक्रिबितरण गर्न शुरु गरेको संस्थानले तिहारका लागि समेत खरी बोका र च्याङग्रा बिक्रि बितरण गर्र्ने जनाएको छ ।

दशैंका लागि ५ सय ४६ च्याग्रा र ३ सय ७ ओटा खसी बोका ल्याएको र अहिलेसम्म २ सय ४८ वटा खसी र ३ सय १७ ओटा च्याङग्रा विक्रिवितरण भएको संस्थानले जनाएको छ ।

संस्थानले जिउँदै खसी बोका किलोको ५ सय १० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ७ सय १० रुपैयाँमा बिक्री वितरण गरेको गरेको छ । यसपटक दशैँका लागि एक हजार च्याङग्रा र एक हजार खसीबोका ल्याउने तयारी गरिएतापनि माग अनुसार ल्याउन नसकिएको संस्थानको भनाई छ ।

मुस्ताङबाट अहिलेसम्म ४ सय च्याङ्ग्रा काठमाडौं आइपुगेको र बाँकी ५ सय आउँदै गरेको खाद्य संस्थानका बागमती अञ्चल प्रमुख सुरेन्द्रराज विष्टले जानकारी दिए । गत वर्षको भन्दा खसी र च्याग्रामा प्रति केजी २५ रुपैयाँ मात्र मुल्य वृद्धि भएको संस्थाका अञ्चल प्रमुख विष्टको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);