चाड पर्वको बेला दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन्न : खाद्य संस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

चाड पर्वको बेला दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन्न : खाद्य संस्थान

काठमाडौं, २६ असोज । नेपाल खाद्य संस्थानले चाड पर्वको बेलामा दुर्गम जिल्लामा खाद्यान्न अभाव नहुने बताएको छ । चाडपर्वको समयमा खाद्यान्नको अभाव हुन नदिन संस्थानले दुर्गम मानिएका हिमाली तथा पहाडी २३ वटा जिल्लाहरुमा पर्याप्त खाद्य सामग्री पठाएको खाद्य संस्थानका विक्री वितरण विभागका प्रमुख लालमोहन ठाकुरले बताए ।

चाड पर्वलाई मध्यनजर गर्दै आफुहरुले यथेस्ट मात्रमा चामल, दाल, गहुँ लगायत अत्यावस्यक उपभोग्य सामग्री पठाइसकेको दावी गर्दै संस्थानले दुर्गम जिल्लाहरुमा सुपथ मुल्यमा खाद्य सामाग्री बिक्री बितरण गरिरहेको जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);