जाजरकोटका दर्जनौं गाविसमा खाद्यान्न संकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

जाजरकोटका दर्जनौं गाविसमा खाद्यान्न संकट

२० माघ,जाजरकोट । जाजरकोटका १ दर्जन गाविस खाद्यान्न संकटले भोकमरी फैलिएको छ । जिल्लाका दुर्गम गाविसमा खाद्यान्न अभभाबले भोकमरी फैलिएको हो । पजारु, गर्खाकोट, दह, मजकोट, टालेगाउँ कोर्ताङ्ग लगायतका एक दर्जन गाविस खाद्य संकटले भोकमरी फैलिएको भएको छ । गाउँमा पुरानो अन्न सकिएको र नयाँ नपाकेकोले भोकमरी

गाबिस सचिबहरु आन्दोलनमा

सरस्वती गिरी
जाजरकोट २० माघ   

 जाजरकोटका १ दर्जन गाविस खाद्यान्न संकटले भोकमरी फैलिएको छ ।  जिल्लाका दुर्गम गाविसमा खाद्यान्न अभभाबले भोकमरी फैलिएको  हो ।  पजारु, गर्खाकोट, दह, मजकोट, टालेगाउँ  कोर्ताङ्ग लगायतका एक दर्जन गाविस खाद्य संकटले भोकमरी फैलिएको  भएको छ । गाउँमा पुरानो अन्न सकिएको र नयाँ नपाकेकोले भोकमरी फैलिएको े स्थानीयको भनाई छ । ती गाविसका स्थानीय भोकमरी छल्नका लागि भारत तिर जान थालेका छन ।   गाउँमा खाद्यान्नको जाहो गर्न समस्या भएको स्थानीयको दुखेसो छ ।

जिल्लाको पश्चिमी क्षेत्रको घोगी खाद्य डिपोमा सरकारी अनुदानको चामल नपाउदा स्थानीय मर्कामा परका छन । उक्त डिपोका लाडि यो आर्थिक बर्षमा निर्धारित कोटा १ हजार क्वीन्टल चामल अहिलेसम्म ढुवानी हुन सकेको छैन । डिपोमा चामल पठाउन तीन पटक टेण्डर गरे पनि स्वीकृत नभएको नेपाल खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेत बताउनु हुन्छ ।

जिल्लामा  यस वर्ष २२ हजार १ सय ११ मेट्रिन टन खाद्यान्नको उत्पादन घटेको छ ।  खडेरीका कारण खाद्यान्न उत्पादन घटेको हो । खडेरीले कतिपय खेति योग्य जमिन बाँजै रहेको र खेति गरेको ठाउँमा समेत उत्पादन निकै कमि भएकोले  जिल्लामा खाद्यान्न संकट परेको हो ।

     

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);