सुन्तला खेतीमा नमुना बन्दै बझाडको कफलसेरी | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

सुन्तला खेतीमा नमुना बन्दै बझाडको कफलसेरी

ललित सिहं
१९ माघ, बझाङ
फाटफुट रुपमा सुन्तला खेती देखीने बझाङ जिल्लामा यहाँको कफलसेरी गाविसका एक किसानले भने व्यावसायिक खेती गरेर जिल्लाकै उदाहरणिय ठाँउ बनाएका छन् । उनले गरेको सुन्तला खेती त्यहाँका अन्य किसानहरुले पनि फैलाए पछि कफलसेरी गाविस सुन्तलामा नमुना बन्दै गएको हो

सुन्तला खेतीमा नमुना बन्दै बझाडको कफलसेरी

ललित सिहं
१९ माघ, बझाङ
फाटफुट रुपमा सुन्तला खेती देखीने बझाङ जिल्लामा यहाँको कफलसेरी गाविसका एक किसानले भने व्यावसायिक खेती गरेर जिल्लाकै उदाहरणिय ठाँउ बनाएका छन् । उनले गरेको सुन्तला खेती त्यहाँका अन्य किसानहरुले पनि फैलाए पछि कफलसेरी गाविस सुन्तलामा नमुना बन्दै गएको हो ।
सानो खेती वाट सुन्तला खेती सुरु गरेका कफलसेरी गाविसका विष्णुभक्त जोशीले हाल ३ यस भन्दा बढी सुन्तलाका बोटहरुको  बगैचा बनाएको छ  ।

जिल्लामा सुन्तला खेतीको व्यावसाय गरेर कफलसेरीका विष्णुभक्तको बारीमा अहिले विभिन्न जिल्लाका कृषकहरु समेत भ्रमणका लागी आउने गरेका छन् ।सुन्तला खेती बाट जोशिले मनग्य आम्दानी समेत गरेका छन् । जिल्लाको बुङ्गल क्षेत्रको कफलसेरी गाविस २ का ब्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका कृषक जोशि बार्षिक ५÷७ लाख सम्म आम्दानी गर्दै आएको उनले बताए ।

उनको बगैचामा उत्पादन भएका सुन्तला बझाङ जिल्ला लगायत डडेल्धुरा, धनगढी समेत पठाईने गरेको छ  । कफलसेरी गाविसका किसान जोशिको मेहेनत र लगनशिलले उनी मात्र नभई कफल सेरी गाविसलाई नै सुन्तलाको पकेट क्षेत्रका रुपमा परिचित गरीएको जिल्ला कृर्षि विकास कार्यलयका प्राविधिक मदन राज जोशिले बताए । उनले भने यो ब्यावसायलाई फस्टाउन कार्यालयले त्यस क्षेत्रका अन्य किसानलाई पनि प्रोत्साहन गर्दै आएका छौ ।

ठुलो मात्रामा सुन्तलाका रुख रहेको जोशीको बगैचा बाट गतबर्ष चार हजार क्युन्टल सुन्तला विक्री गरेका विष्णुभक्तले यसपाली अझ बढि फलेको बताए । किशान जाशिले सुन्तलाका बोटको नर्सरी खेती गरेर आफ्नो गाँउका साथै छिमेकी गाविसका किसानहरुलाई पनि सुन्तलाका बोट वितरण गरेर  ब्यावसाय गर्न सहयोग गर्दै आएका छन् । अहिले कफलसेरी गाविसमा प्रत्यक घर परिवारमा दुई चार बोट सुन्तला नभएको कुनै परिवार छैन भने एक सय भन्दा बढि किसानले सुन्तला खेतीलाई ब्यावसाय बनाउदै आएका छन् ।

तर यस ठाँउमा यातायातको सुविधा नहुँदा उत्पादन सबै सुन्तलाहरु विक्री नहुने गरेको अर्का किसान नबराज जोशीले जानकारी दिए । कफलसेरी गाविस सुन्तला खेतीको पकेट क्षत्र भए पछि जिल्ला कृर्षि विकास कार्यलयले त्यहाँ सुन्तल स्टोर गर्ने घर समेत निर्माण गरी दिएको छ । कफलसेरी जस्तै जिल्लाको  कोईरालकोट, पौवागडी , कालुखेती लगायतका गाविसमा सुन्तला खेती गरीदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);