पाल्पाका कृषक व्यवसायिक सुन्तला खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाल्पाका कृषक व्यवसायिक सुन्तला खेतीतर्फ आकर्षित

suntala kheti

प्रकाश नेपाल
पाल्पा,  ११ पुस । पाल्पाका पश्चिमी क्षेत्रका गाउँका कृषकहरुका लागि सुन्तला खेती आम्दानीको मुख्य स्रोत बनेको छ । शहर देखि ग्रामिण बस्तीसम्म सडक सञ्जालले जोडिएपछि कृषकहरु व्यवसायिक सुन्तला खेती तर्फ आकर्षित भएका हुन् ।

पाल्पाको छहरा मुझुङ्ग, मैनादी, भैरबस्थानसहितका गाउँका कृषकहरुको सुन्तला खेती आम्दानीको मुख्य स्रोत बनेको हो । कृषि विकास कार्यालयले जिल्लाको पश्चिमी क्षेत्रका गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गरि अनुदान उपलब्ध गराउन लागेपछि कृषकहरु थप उत्साहित भएका छन् । यस क्षेत्रमा उत्पादित सुन्तला बुटवल, पोखरासम्मका बजारमा विक्री गरी कृषकहरुले मनग्य आम्दानी गरेका छन् ।

जिल्लाको तथ्याङ्क अनुसार तीनहजार रोपनीभन्दा बढी क्षेत्रफलमा सुन्तला, मौसम, जुनारको व्यवसायिक खेती गरिएको छ । कृषि ज्ञान केन्द्रले अघिल्लो वर्ष दुईहजार पाँचसय मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष पाँचहजार मेट्रिकटन भन्दा बढी उत्पादन हुने प्रक्षेपण गरेको छ । एकपटकको लागानीबाट बषौंँ सम्म आम्दानी लिन सकीने सुन्तला खेतिबाटे कृषकहरुले वार्षिक पाँचलाखसम्म आम्दानी गर्न सफल भएका छन् ।

आफुहरुको मुख्य बाली रहेको सुन्तलाले व्यवसायिक सन्तुष्टी दिएको कृषक यमकला पाण्डेको अनुभव छ । व्यवसायिक सुन्तला खेति अझै बढी क्षेत्रमा विस्तार गर्न सकिए सुन्तला खेती यस क्षेत्रकै पहिचान बन्न सक्ने कृषक हुमानसिङ् कार्की बताउछन् ।

सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय सरकारलेसमेत कृषकहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ । सुन्तलाको राम्रो उत्पादनबाट उत्साहित भएका कृषकहरु सितभण्डारको अभाव महसुस गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);