दोस्रो नेपाल आइडल रवि ओडलाई मातृ शोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दोस्रो नेपाल आइडल रवि ओडलाई मातृ शोक

ravi-aama

काठमाडौं, ११ पुस । दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

करेन्टलागे पछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल र्पुयाइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् ।

रविलाई जन्मदिने आमाको यस अघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए । तर अस्पताल र्पुयाइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);