उखुको मूल्यमा मनपरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उखुको मूल्यमा मनपरी

ukhu

काठमाडौं, ११ पुस । कपिलवस्तुका उखु किसान सरकारले तोकेको मूल्यभन्दा एक सय रुपियाँ सस्तोमा उखु बेच्न बाध्य छन् । भेली बनाउने क्रसर उद्योगले उखुको मनपरी मूल्य कायम गरेपछि किसान प्रत्यक्ष मारमा परेका छन् ।

कपिलवस्तु जिल्लामा रहेका करिब एक सय उखु (गुँड) उद्योगले आफुखुसी मूल्य तोकेका हुन् । जवाभारीस्थित महालक्ष्मी सुगर्स मिल सर्लाही स्थानान्तरण भएपछि किसानहरू सस्तोमा भेली क्रसरलाई उखुु बेच्न बाध्य छन् । नेपाल सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५१८ तोकेको छ । कपिलवस्तुका उखु कृषकले चार सय रुपियाँसम्ममा बिक्री गर्दै आएका छन् । चिनी मिल नहुँदा उखु नै बिक्री नहुने डरमा किसान सस्तोमा बेच्न बाध्य भएका हुन् ।

कच्चा पदार्थको अभाव देखाउँदै महालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएपछि उखु कृषकले बजार अभाव भोग्दै आएका छन् । मिल स्थानान्तरण भएसँगै सख्खर उद्योग फस्टाएका छन् । जिल्लाका किसानले उखु खेती घटाउँदै लगेका छन् । उखु बिक्री गर्न बजारको समस्या भएपछि केही कृषकले क्रसर उद्योगमा भेली बनाउन दिएका छन् भने कतिपय आफैले क्रसर उद्योग स्थापना गरी भेली बनाउन थालेका छन् । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);