नगदेबाली उखु चिनी उद्योगसम्म पु¥याउनै कृषकलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नगदेबाली उखु चिनी उद्योगसम्म पु¥याउनै कृषकलाई सास्ती

महोत्तरी, १५ भदौ । महोत्तरीका उखु कृषकलाई चिनी उद्योगसम्म उत्पादित उखुृ पुराउन कठिन छ । नगदेबालीका रुपमा रहेको उखु चिनीमीलसम्म ढुवानी गर्न सकेको छैनन् । ढुवानी पहँुचको अभावमा उखु कृषक मारमा पर्दै आएका छन् । अढाइ दशकअघि महोत्तरीको उत्तरी क्षेत्रमा चिनी मिल भएपनि कृषकलाई ढुवानी गर्न गाह्रो छ ।

नगदेबालीको रुपमा रहेको उखुखेती गर्नाले राम्रो आम्दानी कमाउन सक्ने आशामा महोत्तरीको दक्षिणी भेगका उखु कृषकहरु खेतमा उखु लगाउदै आएका छन् । उखु खेती गर्दै आएपनि सहजरुपले चिनी मिलसम्म पुर्याउन नसक्दा मारमा परेका हुन् । समयमा मिल सम्म उखु पुर्याउनका लागि चिनी मिलबाट दिईने अनुमति पत्र चलान नपाउँदा कृषकले समस्या भोग्न परेको हो

जिल्लाको उत्तरी क्षेत्रमा संचालनमा रहेको एभेरेष्ट चिनी मिल दक्षिणी क्षेत्रको किसानका लागि सहज छैन । सडक बाटो पनि एउटा मुख्य चुनौतीको रुपमा रहेको छ । खेतबाट आफ्रनै गाँउको मुख्य सडकसम्म पुराउनै कठिन छ । कृषकलाई ढुवानी लागत धेरै पर्दा महंगो परेको हो ।

महोत्तरीको उत्तरी भेग बाढी र डुबानको समस्या पनि पर्दै आएको छ। बाढीको कारण उखुमा लाग्ने बिभिन्न रोगको समस्या पनि उत्तिकै छ ।कृषिमा सरकारले आधुनिकीकरण गर्ने भनेपनि यहाँका किसानलाई कुनै सीप तालिम छैन । उत्पादन गरिएको उखुको बजार पहँुचमा सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

उखु खेतीको लागि उपयुक्त मानएिको महोत्तरीमा ६५ सय विगाहामा उखु खेती हुदै आएको छ । प्रत्येक वर्ष पौष महिनाको दोश्रो सातादेखि बैसाखको दोस्रो सातासम्म मात्रै मिल संचालन हुन्छ । यसअघि पनि महोत्तरीका कृषकले चिनी मिलबाट उखुको भुक्तानी पाउँदैनन् ।

उखुको भुक्तानी नपाएपछि कृषकहरुले एभेरेष्ट सुगर एण्ड केमिकल्स इण्डस्ट्रीज लिमिटेड रामनगर महोत्तरीको गेटमा धर्ना बस्नु परेको थियो । तर, अझैसम्म कृषकले भुक्तानी पाउने सकेका छैनन् । सरकारले कृषिमा आधुनिकीकरण औद्योगिकीकरणको नीति ल्याएपनि महोत्तरीका उखु कृषक उचित मूल्य समयमै नपाउँदा पीडित छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);