चिनि मिलले भुक्तानी नगर्दा रौतहटका उखु कृषक मर्कामा, कृषकले सख्खर उद्योगलाई उधारोमा उखु बेचे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राकेश यादव, रौतहट, ८ पुष । रौतहटलगायत तराईका जिल्लाका कृषकले नगदेबालीका रुपमा व्यावसायिक उखुखेती गर्ने गरेका छन् । तर, चिनी मिलले कृषकलाई समयमा भुक्तानी नगर्दा नगदे बाली उखु, उधारो बालीमा परिणत भइरहेको छ । चिनी मिलले पैसा नदिएपछि कृषकले सस्तो मूल्यमा सख्खर उद्योगलाई उखु बेच्न थालेका छन् ।

रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले तीन वर्षसम्म पनि उखुको मूल्य भुक्तानी नगरेपछि कृषकहरू सस्तै मूल्यमा भए पनि सख्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । चिनी मिलले पैसा नदिएपछि गढीमाई, कटहरिया नगरपालिकालगायत स्थानका सख्खर उद्योगलाई उखु बेच्नुपरेको कृषकले बताएका छन् । कृषकहरुका अनुसार श्रीराम सुगर मिल्सले तीन वर्षदेखिको २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सख्खर उद्योग सञ्चालकले प्रतिक्विन्टल चार सय ५० का दरले उखु खरिद गरेको कृषकले बताएका छन् । गरुडा, समनपुर, दिपही, विजयपुर, सग्रामपुर, सुन्दरपुरलगायतका स्थानमा दर्जनौं सख्खर उद्योग स्थापना भएका छन् । सख्खर मिलहरुले पनि १५ दिनभित्र भुक्तानी गर्ने गरी कृषकबाट उखु खरिद गरेका हुन् ।

रौतहटका १४ हजारभन्दा बढी कृषकले यो वर्ष २५ हजार हेक्टरमा उखु लगाएका छन् । उखु उत्पादनका लागि प्रतिबिघा ६० देखि ७० हजार रुपैयाँ खर्च हुन्छ भने एक बिघामा ५ सयदेखि ८ सय क्विन्टल उखु उत्पादन हुने कृषक बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);