बागलुङमा यस वर्ष सुन्तला उत्पादन बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बागलुङमा यस वर्ष सुन्तला उत्पादन बढ्यो

बागलुङ, ८ पुस । बागलुङमा यस वर्ष १७ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि बागलुङका एक हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार बागलुङमा यो वर्ष १७ करोड ३२ लाख ५० हजारको सुन्तला उत्पादन भएकोमा साढे १२ लाख रुपैयाँको अन्य जिल्ला निर्यात भएको छ । अनुकूल मौसम तथा क्षेत्रफल विस्तार हुँदा पाँच प्रतिशत सुन्तला उत्पादन बढेको कृषि कार्यालयले जनाएको छ ।

कृषि कार्यालयका अनुसार गत वर्षभन्दा यो वर्ष २० हेक्टर सुन्तलाखेती विस्तार भएको छ । बागलुङमा उत्पादित सुन्तला चितवन, नारायणगढ, पोखरा, गुल्मी, रुकुम, बुटवल, धादिङ र काठमाडौंसम्म पुग्ने गरेको छ ।

सुन्तला उत्पादन बढेपछि बागलुङका एक हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । कृषकले सुन्तलाबाट पाँच लाख रुपैयाँसम्म आम्दानी भएको बताएका छन् । गत वर्ष बागलुङमा दुई सय ३२ हेक्टरमा ३ हजार ३ सय टन अर्थात् १३ करोड २० लाख रुपैयाँबराबरको सुन्तला उत्पादन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);