धादिङमा सुन्तला खेति कृषक बढे पनि घट्दैछ उत्पादन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

धादिङमा सुन्तला खेति कृषक बढे पनि घट्दैछ उत्पादन

विवेक अर्याल,
१७ माघ,धादिङ
जिल्लामा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दो भएपनि सुन्तला उत्पादन भने घट्दै जान थालेको छ । सुन्ताला खेती गर्ने किसानहरुको संख्या हरेक वर्ष बढ्दै गयपनि उत्पादन भने घट्दो क्रममा रहेको जिल्ला कृषी विकास कार्यालय धादिङको तथ्याङ्कले देखाएको छ ।

धादिङमा सुन्तला खेति कृषक बढे पनि घट्दैछ उत्पादन

विवेक अर्याल

१७ माघ,धादिङ
जिल्लामा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दो भएपनि सुन्तला उत्पादन भने घट्दै जान थालेको छ । सुन्ताला खेती गर्ने किसानहरुको संख्या हरेक वर्ष बढ्दै गयपनि उत्पादन भने घट्दो क्रममा रहेको जिल्ला कृषी विकास कार्यालय धादिङको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षमा भन्दा यस वर्ष ५६ मेट्रिक टन सुन्ताला उत्पादन घटेको हो ।  गत वर्षको तुलनामा सुन्ताला खेती गरेको क्षेत्रफल भने ४० हेक्टरले बढेको जिल्ला कृषि विकास कार्यालय धादिङका अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

सुन्तालाको पकेट क्षेत्र भने यस वषर््ा बढेर ३ सय १० हेक्टर भएको छ । जिल्ला कृषी विकास कार्यालयले किसानहरुलाई विरुवामा दिईएको सहुलीयत र विभिन्न औषधी र मलहरुमा दिईने गरेको अनुदानका कारण सुन्ताला खेती गर्ने किसानहरुक संख्या बढेको किसानहरु वताउछन् । सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको दक्षिणी धादिङको महादेवस्थान, धुषा र जोगिमाराका विभिन्न स्थानका सुन्तला उत्पादनमा कमी आएको छ । उत्पादन दिन थालेको केही वर्षमै सुन्तलाको बोट मर्न थालेको जोगिमाराका सुन्तला किसान विष्णुहरी अर्यालले बताउनुभयो । वर्षेनि सुन्तला उत्पादन घट्दै जान थालेपछि किसानहरु चिन्तित छन्  । अधिकांश चेपाङ समुदायको बसोबास रहेको दक्षिणी धादिङको महादेवस्थान, धुषा र जोगिमाराका किसानहरु चिन्तित भएका छन् ।

केही वर्षदेखि सुन्तलाबाट घाटा वेहोर्दै आएका महादेवस्थानको माङ्टार, भान्टाकी, लगायतका क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा खेती गर्दै आएको सुन्तलाको बोट नै मर्न थालेपछि थप चिन्तामा परेका छन् । मुख्य आम्दानिको श्रोत सुन्तला भएपनि जलवायु परिर्वतन संगै खेति गर्ने तरिका र रोग तथा उपचारको बारेमा सामान्य ज्ञान पनि नभएकोले राम्रो उत्पादन लिन नसकिएको किसानहरु वताउछन् ।

‘पहिले पहिले एक वर्ष बढी एक वर्ष कम फल्थ्यो, हिजोआज बोट नै मर्न थालेको छ ‘१५र२० वर्षसम्म एउटै बोटमा फल्थ्यो, अहिले २ वर्ष नफल्दै बोट नै मरेको छ ।’ पहिले एउटैको बगैचा (डि)बाट ३ लाख सम्मको ठेक्कामा लैजाने वयापारीले, अहिले १ लाख पनि दिन मान्दैन ।

महादेवस्थान, धुषा र जोगिमारा गाविसका मानिसहरुको मुख्य आम्दानीको श्रोत भनेकै सुन्तला खेति हो । जलवायु परिर्वतन र प्राविधिक सहयोगको अभावका कारण  केहि वर्ष यता सुन्तला उत्पादन क्रमश घट्न थालेको छ । सुन्तलाको बोटमा टुप्पो मर्ने रोगका कारण सुन्तलाको बोट विस्तारै सुक्दै जान थालेपछि सुन्तलाको उत्पादन समेत घट्दै गएको किसानहरुले बताएका छन् । धादिङमा करिव ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जोगिमाराको जवाङ, जयपुरी, भार्पाङ, धुषाको स्यादुल, महादेवस्थान, ज्यामरुङ र नलाङ गाविसका विभिन्न गाउँमा व्यवसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ । धादिङमा उत्पादित सुन्ताला चितवन काठमाण्डौ र चितवन लगाएत पोखराका बजारहरुमा विक्रिका लागी ठेकेदारहरुले लैजाने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);