वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो

राधीका जोशी ,१६ माघ काठमाण्डौं ।
आइतवार देशै भर शहिदरुको सम्झनामा शहिद दिवस मानाइयो । तर यतिवेला सरकारले सहिद भनेर पार्टीका कार्यकता देखी दुर्घटनामा ज्यान गुमाएका सम्मको नामावली सहिदको सुचिमा दर्ता गराएको छ । जसले गर्दा वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो छ । माघ १६, शहीद दिवस । सरकारी विदा । एक साताअघिदेखि देशमा शहीद सप्ताह मनाइयो । सहिद सप्ताहको आइतवार अन्तिम दिन । यो राणा शासनको पतन

वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो

वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो राधीका जोशी ,१६ माघ काठमाण्डौं । आइतवार देशै भर शहिदरुको सम्झनामा शहिद दिवस मानाइयो । तर यतिवेला सरकारले सहिद भनेर पार्टीका कार्यकता देखी दुर्घटनामा ज्यान गुमाएका सम्मको नामावली सहिदको सुचिमा दर्ता गराएको छ । जसले गर्दा वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो छ । माघ १६, शहीद दिवस । सरकारी विदा । एक साताअघिदेखि देशमा शहीद सप्ताह मनाइयो । सहिद सप्ताहको आइतवार अन्तिम दिन । यो राणा शासनको पतन भएपछि मनाइँदै आएको शहीद दिवस हो ।

 

दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको संझनामा शहीद दिवस मनाउने गरिएको हो ।अहीले नेपालमा थुप्रै नयाँ शहीदहरु थपिएका छन् । वास्तवमा नेपालमा शहिद कति जना छन् ? यकिन तथ्याङ्क पाउन गाह्रो छ । २०६२ र ६३ को जनआन्दोलनपछि प्रक्रिया पु¥याएर घोषणा गरिएका शहीदहरुको संख्यामात्रै १सय १ छ । नेपालमा अपराधिक कारणले मारीएकाहरु देखी पारिवारिक दुश्मनीमा मारिएकासम्मको नाम शहीदको सूचिमा छ। जनआन्दोलनताका देखी हाल सम्म कति जना शहित घोषणा गरीए त्यसको यकिन तथ्यांक पाउन गाहे छ । प्रज्ञा प्रतिष्ठानको शव्दकोष अनुसार आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति नै शहिद हुन् ।

 

यहि व्याख्यालाई घोषित शहीदको वर्गीकरणले नछुन सक्छ । किनकी हत्या गरिएकाहरुको नाम पनि शहीदको सूचिमा राखिएको छ । जनआन्दोलन ०६२ र ६३ का शहीदको संख्या २६ रहेको छ भने मधेश आन्दोलनका क्रममा शहीद भएकाहरु ३० जना भन्दा बढी रहेका छन् भने अन्य शहीदहरुको सूचि पनि लामो छ ।पछिल्लो समय कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ । गृहमन्त्रालयमा बुझाइएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ । जसलाई सहिद घोषण गर्दा वास्तविक शहिदको अवमुल्यन हुने देखीन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);