गाउँका बिद्यालयमा पनि कम्प्युटर शिक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गाउँका बिद्यालयमा पनि कम्प्युटर शिक्षा

रुकुम,माघ १६ ।
पछिल्लो समय रुकुमका दुर्गम गाविसका बिद्यालयहरुमा पनि कम्प्युर शिक्षा सञ्चालन भैरहेको छ । डिजिटल साक्षरता अभियान कार्यक्रम अन्र्तगत दुर्गम गाउँका बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुले आफ्नै बिद्यालयमा कम्प्युटर शिक्षा सिकिरहेका हुन । रुकुमका सवै बिद्यालयमा कम्प्युटर शिक्षा दिने उद्देश्यले डिजिटल

गाउँका बिद्यालयमा पनि कम्प्युटर शिक्षा

रुकुम,माघ १६ ।
पछिल्लो समय रुकुमका दुर्गम गाविसका बिद्यालयहरुमा पनि कम्प्युर शिक्षा सञ्चालन भैरहेको छ । डिजिटल साक्षरता अभियान कार्यक्रम अन्र्तगत दुर्गम गाउँका बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुले आफ्नै बिद्यालयमा कम्प्युटर शिक्षा सिकिरहेका हुन । रुकुमका सवै बिद्यालयमा कम्प्युटर शिक्षा दिने उद्देश्यले डिजिटल साक्षरता अभियान सञ्चालन स्वरुप कम्प्युटर प्रदान गरिएको थियो ।

 जसमा पुर्बि रुकुमका कोल, रांङ्सी, तकसेरा, हुकाम, मैकोट लगाएतका १० वटा बिद्यालय रहेका छन । युनाइटेड मिसन टु नेपाल रुकुमको आर्थिक सहयोगमा मिक नेपाल रुकुमले १० वटा बिद्यालयहरुलाई प्रति बिद्यालय २० थान कम्प्युटर यसअघि नै प्रदान गरेको थियो । बिद्युत उपलब्ध भएका ठाउँमा बिद्युत बाट र नभएका ठाउँमा सोलार मार्फत कम्प्युर शिक्षा प्रदान भैरहेको छ । यसअघि सदरमुकाम खलंगामा कम्प्युर सिक्न आउने गरेका बिद्यार्थीहरु गाउँमै कम्प्युर सिक्न पाएपछि दंग परेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);