बझाङ्मा शिक्षाका लागी खाद्य कार्यक्रम प्रभाकारी बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बझाङ्मा शिक्षाका लागी खाद्य कार्यक्रम प्रभाकारी बन्दै

ललित सिहं,२० बैशाख बझाङ ।
शिक्षाका लागी खाद्य कार्यक्रम बिकट हिमाली जिल्ला बझाङमा लागु भए पछि जिल्लाका बिकट ग्रामीण भेगमा यो कार्याक्रम प्रभाबकारी बन्दै गएको छ । बिद्यालयमा बिद्यार्थीको संख्यामा बृद्धी हुनुका साथै दिबा खाजा लागुभए पछि टिफीन समयमा भागेर घर र्फकने बिद्याथी पनी निरन्तर बिद्यालयमा अध्ययन गर्न थालेका गोर्खाली

बझाङ्मा शिक्षाका लागी खाद्य कार्यक्रम प्रभाकारी बन्दै

ललित सिहं,२० बैशाख बझाङ ।
शिक्षाका लागी खाद्य कार्यक्रम बिकट हिमाली जिल्ला बझाङमा लागु भए पछि जिल्लाका बिकट ग्रामीण भेगमा यो कार्याक्रम प्रभाबकारी बन्दै गएको छ ।  बिद्यालयमा बिद्यार्थीको संख्यामा बृद्धी हुनुका साथै  दिबा खाजा लागुभए पछि टिफीन समयमा भागेर घर र्फकने बिद्याथी पनी निरन्तर बिद्यालयमा अध्ययन गर्न थालेका गोर्खाली निमाबिका प्रअ गोरख खड्का बताउन्छन् ।  

उनले भने पौष्टीक कार्यक्रम लागु हुनु भन्दा पहिले बिद्यालयमा बिद्यार्थीहरुको लागी खाजाको केहि ब्यावस्था नभए पछि टिफीन टाईमै भागेर घर जान्थ्ये र पढाईमा पनि त्यती चासो दिदैनथे अहिले शिक्षाका लागी खाद्य कार्यक्रम बिद्यालयमा लागु भए पछि बिद्यार्थी निरन्तर बिद्यालयमा पढ्ने गरेको बताए ।

जिल्लाका  २३७ प्राथामिक बिद्यालय ,५८ निम्न माध्यमिक बिद्यालय र ७ वटा बालकक्षा गरी जम्मा ३०२ बिद्यालयका ४० हजार बालबालिका लाभान्दीत भएका शिक्षाका लागी खाद्य कार्यक्रम ईकाई प्रमुख पंकज सुबेदीले बताउनु भएको छ । 

 द्धात्ती संस्था बिश्व खाद्य कार्यक्रम र नेपाल सरकार शिक्षा मन्त्रालयको बस्तुगत र आर्थीक सहयोजमा यो कार्यक्रम जिल्लामा बिगत २०५७ साल देखि निरन्तर संञ्चालनमा आईरहेको छ । बिपन्न तथा आर्थीक अवश्था कमजोर भएका गरिब परीवारका बिद्यार्थीहरु पहिले बिद्यालयमा दिवा खाजा नहुदाँ बिद्यालय नजाने गरेको थियो ।  बिद्यालय जबरजस्ती गएपनि पानी खाने बिदामा बिद्यालय बाट भागेर आउने गरेको थिए ।

अहिले दिवा खाजा आफ्नो बिद्यालयमा लागु भए पछि आफ्ना बालबालीका को शैक्षिक स्तरमा बृद्धी भएको र निरन्तर बिद्यालय पढ्न जान ईच्छुक हुने सुनकुडा गाबिसकी स्थानीय बासी सपना देबि बिष्टले बताईन् उनले भनिन् मेरा दूई छोरा र तिन छोरी छन् नजिकैको महादेब प्राथामिक बिद्यालयमा पढ्न जान्छन् ।

पहिले बिद्यालयमा दिवाखाजा नहुदा मलाई मेरा केटाकेटीलाई घरबाट खाजा खुवाउन धौ धौ हुन्थ्यो र उनीहरु बिद्यालय जान पनि मान्दैन थे आजकाल महादेब पा्रबि मा दिवा खाजा र बिद्यालयमा इपाटी कक्षा( कम्पयुटर कक्षा) संञ्चालन गरेपछि निरन्तर बिद्यालय जाने गरेको र आफुलाई खाजाको पनि मारमा नपरेको बताईन्। दिवा खाजा लागु भएकै बिद्यालयमा सरसफाई कार्यक्रम पनि लागु हुदाँ अहिले सबै स्थानियहरु सरसफाईमा एक जुट भएका छन् ।

चर्पी गए पछि हात नधोए रै खाना खान बस्ने ग्रमिण क्षेत्रका स्थानिय बासी र स्थानिय बालबालिका अहिले बिद्यालयमा खाने पानी तथा सरसफाई स्वच्वता कार्यक्रमपनि बिभिन्न बिद्यालयमा लागु भई सरसफाई मा पनि हात नधुन जान्ने ग्रामीण भेगका बिद्यार्थी अहिले सरसफाईमा पनि सहरको बिद्यार्थी भन्दा कम नभएको वास कार्यक्रम संयोजक रमानन्द जोशीले बताए ।

 उनले भने पहिला बिद्यालय प्राङ्गर र बिद्यार्थीको शारीरिक अवश्था पनि दयालाग्दो देखिरहेको थियो र अहिले बिभिन्न बिद्यालयमा सरसफाई कार्यक्रम लागु भए पछि पुर्ण सरसफाईमा आपैm जुट्न थालेका छन् ।

  यो खाजा र सरसफाई कार्यक्रम लागु गर्नेे मान्छेको जयहोस् हामी गरीबका बालबालीकालाई दिउसो भोकलागेको बेला खाजा र हातमुख सफागर्नको लागी बालमैत्री धारा र उचित सरसफाईको ब्यावस्था गरीदिएको भन्दै स्थानीय महिला पिङ्की बिष्टले बताईन् ।

एक बिद्यार्थी बराबर एक दिनमा पिठो ९० ग्राम ,तेल १० ग्राम , चिनी १० ग्राम लागी जम्मा एक बिद्याथीलाई दिनको ११० ग्राम पोष्टीक आहार दिने गरेको महादेब प्राथामिक बिद्यालयका प्रअ हरीजित बोहराले बताए  उनले भने हाम्रो बिद्यालयमा पहिले बिद्यार्थीको संख्या एक दमै कम थियो  ।

पानी खाने बिदामै भाग्ने प्रचलन र बिद्यालय नियमित उपश्थित नहुने अबिभाबको आर्थिक अवश्था कमजोर भएकोले दैनिक  आफना बालबालीकालाई खाजा खुवाउन पनि समस्या हुन्थ्यो तर अहिले  राज्यले शिक्षाका लागी खाद्य कार्यक्रम लागु गरेपछि स्थानीय बासी लाई आफ्ना बालबालिकालाई खाजा खुवाउन सहज भएको र आफ्नो बिद्यालयमा बिद्याथीको संख्यामा  पनि बृद्धी भई पढाईमा रुचि राखेको  उनले  बताए ।

 दिवा खाजा संञ्चालन भएपछि २३५ बिद्याथी आफ्नो बिद्यालयमा अध्ययनरत रहेको प्रअ बोहराले जानकारी दिनु भएको छ ।  भबन, बिद्यार्थीको दिवा खाजा बनाउने भान्छा घर, शैचालय, खानेपानीको साह्रै अभाबमा हामीलाई बिद्यार्थीको पठनपाठन गर्न गा्रहो भैरहेको थियो तर अहिले नेपाल सरकारको द्धाती निकायले शिक्षा क्षेत्रको बिकासमा बिभिन्न कार्यक्रम ल्याएर जिल्लाको बिकट गाबिसमा लागु भई आफ्ना बिद्यार्थीहरुको शैक्षिक जिबन स्तरमा सुधार संगै बिद्यालयको भौतिक अवश्थामा पहिलेको भन्दा अहिले एकदमै राम्रो परिवर्तन आएको बिद्यालय ब्याबस्थापन समितिका महिला सदस्य जुनादेवि रावलले बताउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);