अंग्रेजी माध्यमको पढाइले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अंग्रेजी माध्यमको पढाइले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

basuki school solu

सोलुखुम्बु, ३१ साउन । सोलुखुम्बुको दुर्गम गाउँ सोताङको बासुकी आधारभुत बिद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको छ । अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि निजि विद्यालयका विद्यार्थी समेत सामुदायिक विद्यालयमा फर्कन थालेका छन् ।

गुणस्तरिय शिक्षा नभएपछि बन्द कुनै समय बन्द हुने अवस्थामा पुगेको सोलुखुम्बुको सोताङस्थीत बासुकी आधारभुत बिद्यालयमा अहिले विद्यार्थीको आकर्षण बढेको छ । ८ वर्षअघि सो विद्यालयमा १३ जना मात्रै थियो । तर, ८ बर्षको अन्तरालमा सो बिद्यालयमा अहिले एक सय ५० भन्दा बढि विद्यार्थी अध्ययन गरिरहेका छन् ।

यस बिद्यालयमा अनिवार्य नेपाली बाहेक सबै बिषय अंग्रेजी माध्यमबाट अध्यापन गराइन थालेपछि विद्यार्थी बोर्डिङ छाडेर सामुदायिक विद्यालय फर्किएका हुन् । सरकारी विद्यालयको लगालिंग ब्यबस्थापन र पढाइको गुणस्तर पनि नभएपछि अबिभावकहरुले आफ्नो बालबालिकालाई निजि बिद्यालयहरुमा लैजाने गरेका थिए । बर्षेनी पोषाक देखि कापी कलम समेत निशुल्क प्राप्त हुन थाले पछि बिद्यार्थीको रुप पुरै फेरिएको छ भने गुणस्तरिय शिक्षाबाट अबिभावकहरु पनि दंग छन् ।

विद्यालयलाई यो अबस्थामा पुर्याउन भने स्थानिय समेत रहेका पर्यटन व्यवसायी दिप राई र उनकी श्रीमति झरना चाम्लीङको अमुल्य योगदान छ । आफनै गाउँको बिद्यालय दिनप्रतिदिन धरासायी बन्दै गएपछि चिन्तीत बनेका राई दम्पत्तिले ३ जना शिक्षक उपलब्ध गराउदै आएका छन् । सुकीमायाँ इङलीस एजुकेशन फाउण्डेशन नेपाल मार्फत उनीहरुले सस्थागत रुपमै सहयोग गर्दै आएको ८ बर्ष पुरा भएको छ ।

राई सम्पत्तिको सामाजिक कार्यबाट प्रभाबित बनेका अमेरिकी दम्पत्ति केन र मारलिनले पनि बिद्यालयलाई सहयोग गरिरहेका छन् । उनीहरुले सन् २०१४ देखि मासिक ४ सय डलर सहयोग गर्दै आएका छन् । बासुकी जस्तै अंग्रजेी माध्यमबाट अध्यापन गराउन सोताङकै खहरेस्थीत सोताङ आधारभुत बिद्यालयमा पनि दई बर्ष देखि अंग्रेजी माध्ययमबाट अध्यापन गराउन दाताहरुको सहयोग जुटिरहेको छ । गुणस्तरिय शिक्षा नहुँदा धरासायी बन्दै गएका नजिकका अरु सामुदायिक विद्यालयहरुले समेत सहयोगको हात फैलाएको फाउण्डेशनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);