इलामका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इलामका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु

ilam school

टीका खतिवडा

इलाम, ३१ साउन ।  सामुदायिक विद्यालयमा राज्यले करोडौँ रकम लगानी गरे पनि नतिजा उत्कृष्ट आउन सकेको छैन । यसकै कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न नसक्दा संख्या घट्दै गएको छ । विद्यार्थी घट्न थालेपछि इलामका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि इलामका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सुरु गरेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थी कम हुने र बिद्यार्थी कम भएकै कारण विद्यालय गाभिने वा विद्यालय नै बन्द हुन थालेपछि इलामका विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका हुन् । जिल्लाका नाम चलेका र ठुला भनेर चिनिने विद्यालयहरुले नै यसरी अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरेका छन् ।

जिल्ला सदरमुकामको आदर्श मावि, इलाम नगरपालिका ५ बरबोटेको अमर मावि, देउमाई नगरपालिका मंगलबारेको भानुभक्त मावि लगायतका विद्यालयले यस वर्षदेखी अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् । अभिभावकको माग अनुसार नै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको आदर्श मावि इलामका प्रधानाध्यापक कुमार पौडेलले वताउनुभयो ।

निजि बिद्यालयमा विद्यार्थीको चाप बढ्नु अनी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु भनेको विद्यार्थीहरुमा अंग्रेजी मोह नै भएको भन्दै अमर मावि बरबोटेमा समेत अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरिएको प्रधानाध्यापक सोम निरौला बताउनु हुन्छ ।

अंग्रेजी माध्यमबाट अध्यापन सुरु गर्दा शिक्षकहरुलाई पनि निकै गाह्रो भएको भए पनि अब सहज भएको अमर मावि बरबोटेका गोपाल नेपालले वताउनु भयो । अध्यापन गराउन र पाठ्यक्रमको विषयबस्तु बुझाउन सुरुमा शिक्षकलाई निकै गाहे भएकोे उहाँको भनाई छ ।

बुझ्न र बुझाउन हाल खासै समस्या नरहेको विद्यार्थीहरु समेत बताउन थालेका छन् । अंगे्रजीमा बेस बसेका विद्यार्थीहरुका लागि त खासै समस्या नहोला तर नेपाली माध्यमबाट अंग्रेजी माध्यममा अध्यन गर्न आउनेहरुका लागि भने सुरुमा पक्कै समस्या नै हुन्छ । तर यहाँका विद्यार्थीहरुलाई समस्या नभएको स्वयम विद्यार्थीहरु बताउँछन् ।

अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि सामुदायिक विद्यालयमा समेत विद्यार्थीको चाप बढेको छ । राज्यले पनि धेरै ठुलो लगानी शिक्षामा गरेको छ । तर परिणाम लगानी अनुरुप नआउने गरेको थियो । तर अब लगानी अनुसारकै परिणाम आउला कि भन्ने आशा राख्न सकिन्छ । तर यसको परिणाम हेर्न आउने वर्ष विद्यालयको नतिजा कुर्नै पर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);