विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईयो

gaijatra parba

काठमाडौं, ३१ साउन । गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित केही जिल्लामा विशेष कार्यक्रमका साथ मनाइएको छ । विशेष गरी नेवारी समुदायमा आफ्ना दिवंगत पितृहरुको उद्दार गर्ने सन्दर्भमा गाईको जात्रा गरेर यो पर्व मनाइन्छ । तर आजभोली भने गाईजात्राको परिभाषा फरक हुन थालेको छ । समाजमा विद्यमान विकृति र विसंगतिलाई हास्य व्यंग्यमार्फत उजागर गर्ने गरिन्छ ।

श्रावण कृष्ण प्रतिपदा, अर्थात् गाईजात्रा पर्व । राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको नाबालक अवस्थामै मृत्यु हँदा आफ्नी रानीलाई सम्झाउनका लागि चालेको एक कदमबाट यो पर्वको शुरुवात भएको मानिन्छ । गाईजात्रा पर्वका दिन एक युवकलाई प्रतिकात्मक गाई बनाएर दिवंगत आफन्तको सम्झनामा गाजाबाजासहित नगर परिक्रम गरी मनाइने गरिन्छ ।

गाइजात्रामा अचेल समाजमा भएका बिकृति बिसंगतीप्रति प्रहार गर्ने पनि गरिन्छ । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ ।

व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही शासन आएपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । तर २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्य व्यंग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्यव्यंग्य कलाकारहरुले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउन गाइजात्रा पर्वले सहयोग पु¥याउने कलाकारहरुको भनाइ छ ।

गाइजात्रापर्वमा नेपालका नेताहरुलाई पनि व्यंग्यको माध्यमबाट देश निर्माणमा लाग्न बिकृति बिसंतीलाई हटाउन यस्ता कार्यक्रमहरु आयोजना गरिएपनि देशको हालत झनझन बिग्रदै गएको उनीहरुले बताए । हरेक बर्ष गाइजात्रामा व्यग्य गरेपनि नेताहरु भने नसुध्रिएको उनीहरुको गुनासो छ ।

पछिल्लो समय गाइजात्रापर्वमा बिशेष गरि विकृति, विसंगति र नेपालको समसामयिक राजनीतिक, सामाजिक विषयमा तिखो व्यङ्गय प्रहार, समाज सेवाका नाममा हुने ठगी, भ्रष्ट्राचार आदिमा व्यग्य प्रहार गर्न यो पर्व परिभाषित हुदै गएको छ । तर स्वतन्त्रताको नाममा जसलाई जेपायो त्यो भनेर गाइजात्राको नाममा बिकृति भित्रिएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);