आज परम्परागत सांस्कृतिक पर्व 'गाईजात्रा' मनाइदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आज परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइदैं

gaijatra

भीडभाड कम गरेर पर्व मनाउन सरकारको आह्वान

काठमाडौं । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गाराउने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउनु भनेर आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष कोरोना संक्रमणबाट बच्न भीडभाड कम गरेर पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

सरकारले गाईजात्राका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ । यसका साथै गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम पनि गर्ने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);