त्रिभुवन विश्वविद्यालयले प्रकाशित तालिका अनुसार नै परीक्षा सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

त्रिभुवन विश्वविद्यालयले प्रकाशित तालिका अनुसार नै परीक्षा सञ्चालन गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रकाशित तालिका अनुसार नै परीक्षा सञ्चालन गर्ने भएको छ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित रूपमा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएके छ ।

टियु अन्तर्गत आगामी ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्ष, यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदै छ।

सीसीएमसीले आगामी दिनको परीक्षा सञ्चालनको अनुमति दिनुअघि हाल सञ्चालित विभिन्न तहको परीक्षाको निरीक्षणसमेत गरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);