कोरोनाका कारण रोकिएका त्रिवि अन्तर्गतका परीक्षा आजदेखि सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाका कारण रोकिएका त्रिवि अन्तर्गतका परीक्षा आजदेखि सुरु

see exam

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा आइतबारदेखि सुरु गरेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म स्थगित भएका विभिन्न संकायका परीक्षाहरु आजदेखि सुरु भएका हुन् । कोरोनाका कारण धेरै विद्यार्थी संख्या भएका विषयमा परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो । तर प्रवेश पत्र र विषय नमिलेको गुनासो विद्यार्थीहरुले गरिरहेका छन् ।

यता परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको स्वीकर गरेको छ । साथै प्रवेशपत्रमा फोटो नआएको, परीक्षार्थीले परीक्षा दिनुपर्ने विषय प्रवेश पत्रमा प्रिन्ट गर्दा कम विषयहरु प्रिन्ट भएको भए या केन्द्र परिवर्तन भएको नदेखिएकोमा ट्रिप्लीकेट हेरेर परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्याम्पससँग समन्वय गरी परीक्षामा समावेश गर्न केन्द्राध्यक्षलाई आग्रह गरिएको छ ।

साथै फोटो नभएको प्रवेशपत्र भए परीक्षार्थीको नागरिकता वा अरु परिचय खुल्ने परिचयपत्र हेरेर नियमअनुसार परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालयले निकालेको सूचनामा भनिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);