गाईजात्रा पर्व आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गाईजात्रा पर्व आजबाट सुरु

gaijatra

काठमाडौं, ११ भदौ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा पर्व आजबाट सुरु भएको छ ।

एक वर्ष भित्रमा मृत्यु भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने गरिन्छ । साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ । यसरी गाईलाइ नगर परिक्रमा गराउनाले एक वर्ष भित्र मृत्यु भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी पार गर्न सफल हुन्छन् भन्ने धार्मिक विश्वास रही आएको छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई अरुले पनि शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाइजात्राको परंपरा चलाएको हो भन्ने जनश्रुती पाइन्छ । राजा प्रताप मल्लको पाला देखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद(राजदरबार) भएर जानुपर्ने प्रथा अहिले पनि कायमै रहेको छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत उपत्यका बाहिरका क्षेत्रमा पनि मनाउने गरिन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);