पाल्पामा गाईजात्रा पर्व मनाईयो | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

पाल्पामा गाईजात्रा पर्व मनाईयो

प्रकाश नेपाल,
पाल्पा । विगतका वर्षहरुमा जस्तो चहल पहल नभएपनि पाल्पाको सदरमुकाम तानसेनमा गाईजात्रा निकालिएको छ । कोभिड-१९ को संक्रमणको कारण गाईजात्रामा उत्साहजनक सहभागीता नभएपनि सहभागी गाईजात्रामा आफन्त ईक्ष्टमित्रको सहभागिता विना सांकेतिक रुपमा गाईजात्रा मनाईएको हो ।

तानसेन नेवारी कला संस्कृतीको धनी भएपनि गतबर्ष देखी कोरोनाको कारण जात्राहरुलाई सिमित बनाईएको छ । विगतका बर्षहरुमा तानसेन बजारभरी गाईजात्रा डुलाउने गरेपनि यस बर्ष भने शितलपाटी, दरवार क्षेत्रमा मात्र गाईजात्रा डुलाईएको छ ।

तानसेनमा नेवारी कला संस्कृतीको सिको गर्दै अन्य समुदायले पनि गाईजात्रा निकालेका छन् ।

राजा प्रताप मल्लले आफ्नी रानीको शोक लाई भुलाउन, शहर बजारमा अरु पनि मानिस मरेका छन्, तिनको लेखाजोखा राख्न मृतकको घरपरिवार बाट गाईजात्रा निकाल्ने सुरुवात गरेको भनाई रहेको छ ।

कोरोना संक्रमणको कारण परम्परागत कला संस्कृतीनै लोप हुने होकी भन्ने चिन्ता थपिएको पाल्पाका बुद्धिजिवीहरुले ठहर गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);