महामारीको त्रासमा गाईजात्रा (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महामारीको त्रासमा गाईजात्रा (फोटो फिचर)

काठमाडौं । कोरोना महामारीका बीच पनि काठमाडौंमा गाईजात्रा निकालिएको छ ।

तीनै जिल्लाका प्रशासनले गाईजात्रामा भिडभाड नगर्न सूचना जारी गरेको भएपनि सदियौं देखि चलिआएका परम्परा धान्नैका लागि काठमाडौंका नेवार समुदायका मानिसहरुले बसन्तपुर लगायतका क्षेत्रमा निकालिएको जात्रामा सरिक भएका छन् ।

गाईजात्रामा सहभागिहरु उत्साहित भने खासै देखिदैनन् ।

वर्षदिन भित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रम गराउने चलन रहेको छ ।

राजा प्रताप मल्लाका छोराको मृत्य पश्चान रानिलाई सान्त्वना दिन सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको भनिएको भएपनि त्यसभन्दा ३ सय वर्ष अगाडि देखिनै गाईजात्रा मनाउने परम्परा रहेको जानकारहरु बताउँछन् ।

मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);