आज गाईजात्रा पर्व, हास्यव्यंग्य सहित मृतात्माको शान्तिको कामना गर्दै मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आज गाईजात्रा पर्व, हास्यव्यंग्य सहित मृतात्माको शान्तिको कामना गर्दै मनाइँदै

gaijatra

काठमाडौं, ३१ साउन । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदैछ ।

काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ आज गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वको रुपमा लिने गरिन्छ । गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ ।

साथै, केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाका रुपमा सिंगारी बाजागाजाका साथ ‘वासा लुइके’ गरेर प्रदर्शन गर्ने प्रचलन यस पर्वमा रहेको छ । गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);