अरुणखोलामा डाइभर्सन मार्फत एकतर्फी गाडी सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अरुणखोलामा डाइभर्सन मार्फत एकतर्फी गाडी सञ्चालन

नवलपरासी, ३१ साउन । नवलपरासीमा अरुणखोलाको पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन मार्फत सडकमा एकतर्फीमात्र गाडी सञ्चालन गरिएको छ ।

एकतर्फी रुपमा सवारी संचालन हुँदा २५ किलोमिटर भन्दा लामो जाम भएको छ । बुधबार बिहान कावासोतीबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएका कारण पुलको दाहिने तर्फको भाग केही तल भासिएको थियो ।

घण्टौंको जामले यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । बिहीबार राति र शुक्रबार बिहान पानी परेका कारण अरुणखोलामा राजमार्गबाट दक्षिणमा बनाइएको डाइभर्सन पार गर्न धेरै समय लाग्ने गरेको छ ।

अरुण खोलाको दुवैतिर जंगल भएकोले जाममा परेका यात्रुले भोकभोकै समय कटाउनु परेको बताएका छन् । बालबालिका, बिरामी, वृद्धलाई जामले झन् हैरानी पारेको छ ।

सिकिस्त बिरामी बोकेर कुदेका एम्बुलेन्स समेत जाममा गरेका छन् । यस्तै फलफूल र तरकारी बोकेका सवारीसाधन पनि जाममा पर्दा तरकारी र फलफूल कुहिने चिन्ता रहेको व्यापारीको भनाई छ ।

अरुण खोलामाथि बनाइएको अस्थायी डाइभर्सन एकातर्फी सञ्चालन भएपनि सवारीसाधनको उछिनपाछिनले झन् समस्या थपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);