पूर्व पश्चिम राजमार्ग अवरुद्ध, सयौं सवारीसाधन अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, २६ भदौ । महोत्तरी र धनुषाको सीमानामा पर्ने रातु खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा आइतवार बेलुकी ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा महोत्तरीको बर्दिवास र धनुषाको ढल्केबरसहित पूर्व पश्चिम राजमार्गका ठाउँ–ठाउँमा सयौं गाडी रोकिएका छन् । गाडी रोकिंदा यात्रुहरु अलपत्र परेका छन् । बिरामी बोकेका एम्बुलेन्स समेत चल्न सकेका छैनन् । साउन अन्तिम साता आएको भीषण वर्षापछि रातु खोलाको पुलमा ४ नम्वर पिलर भासिएपछि डाइभर्सनबाट निकै मुस्किलले यातायात सञ्चालन हुँदै आएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);