बझाङमा ४५ किलो चरेससहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बझाङ, २५ भदौ । बझाङ प्रहरीले ४५ केजी किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

 

बझाङको सुर्माबाट धनगढीतर्फ चरेस ल्याउँदै गर्दा प्रहरीले सुर्मा गाउँपालिकाका गिठे बोहरा र दिपक बोहरालाई भाँडेबजार नजिकैबाट आइतबार पक्राउ गरेको हो । प्रहरीले दुवै जनाबाट चरेस र ४६ हजार नगद पनि बरामद गरेको छ । सुराकीको आधारमा क्षेत्रीय अनुसन्धान र जिल्ला प्रहरीको टोलीले दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ऋषिराज कट्टेलले जानकारी दिएका छन् ।

 

पक्राउ परेका दुवै जनालाई चरेससहित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);