रोहिंग्याका लागि नेपालमा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौँ, २६ भदौ । भारतमा सरण लिइरहेका रोहिंग्या शरणार्थीहरु नेपाल पस्न नपाउन् भन्दै गृह मन्त्रालयले नेपाल भारत सिमानामा कडाइ गर्न निर्देशन दिएको छ ।

शरणार्थीहरु नेपाल पस्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले नाकामा कडाइ गर्न आदेश दिएको हो ।केहि वर्ष अघि देखि विशेष गरि काठमाडौँको कपन लगायतका ठाँउहरुमा रोहिंग्या शरणार्थीहरु रहँदै आएका छन् । उनीहरु घरको नाममा पाल टागेर गुजरा चलाएका उनीहरु भारतबाट पनि लखेटिएर नेपाल आइपुगेका हुन् ।

केहि वर्ष अघि देखि भारतमा रहँदै आएका रोहिंग्यालाई भारत सरकारले हटाउन निर्देशन दिएपछि सो समुह नेपाल आउने सम्भावना भएको मन्त्रालयकोे दाबी छ ।

भुटानी शरणार्थी जस्तै गरि नेपाल पस्न सक्ने अनुमान गर्दै सो प्रतिबन्ध लगाउनु परेको मन्त्रलायले जानकारी दिएको हो ।

पछिल्लो समय म्यानमारको सरकारले गरेको अत्याचार सहन नसकेर रोहिंग्याको ठुलो समुह बगंलादेश पुगेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);