अपडेट: बाढी-पहिरोका कारण १५ जनाको मृत्यु, तराईका विभिन्न जिल्ला डुवानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अपडेट: बाढी-पहिरोका कारण १५ जनाको मृत्यु, तराईका विभिन्न जिल्ला डुवानमा

badi1

काठमाडौं, २७ असार । बिहीबारदेखिको लगातार बर्षापछि आएको बाढी पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ८ जिल्लामा १५ जनाको मृत्यु भएको हो ।

लगातारको झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जना, काडमाडौंको मुलपानीमा पर्खाल भत्किदा ३ जना, खोटाङमा ३ जना, झरीकै कारण काभ्रेमा २, भोजपुरमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ।

त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन् । बर्षा पछि आएको बाढीले तराइका बिभिन्न जिल्ला डुवानमा परेका छन् । पहिरो जाँदा बिभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

रौतहटमा बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

त्यसैगरी बाढीले मोरङका बिभिन्न स्थान डुवानमा परेका छन् । शुक्रवार रंगेलीमा देउरिया खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । पहिरोले रामेछापको सदरमुकाम जोड्ने खुर्काेट मन्थली सडक खण्ड अवरुद्ध भएको छ ।

बिपी राजमार्ग अन्तरगत सिन्धुलीको खनियाँखर्कस्थित सोलाभञ्ज्याङमा पहिरो खसेको छ । । ओखलढंगाको मानेभञ्ज्याङमा बाढीले सडक छेकिएपछि सयौं यात्री अलपत्र परेको जनाइएको छ । त्यसैगरी अबिरल बर्षाका कारण धनकुटाको हिले भोजपुर सडकखण्ड अवरुद्ध भएको छ । बर्षाका कारण सिदार्थ र पृथ्बी राजमार्ग पनि अवरुद्ध भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);