इलामका सर्वसाधारण 'मिनि माउन्टेन'को प्रवर्धनमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

इलामका सर्वसाधारण ‘मिनि माउन्टेन’को प्रवर्धनमा

mini mountain 1

पुजन घिमिरे

इलाम, ३२ साउन । इलामको रोङ गाउँपालिका वडा नम्बर ४ स्थित बाहुनीखर्कका सर्वसाधारण नयाँ पर्यटकीय स्थलको प्रवद्र्धनमा जुटेका छन् । आफ्नै गाउँको अनौठो र रमणीय स–साना पहाड जस्तो देखिने भित्तालाई मिनि माउन्टेन नाम दिएर उनिहरु त्यसको प्रवद्र्धन्मा जुटेका हुन् ।

इलामको रोङ गाउँपालिकाका बासिन्दाहरु स्थानीयस्तरमा भएका पर्यटकीय स्थलको प्रवद्र्धनमा जुटेका छन् । रोङ गाउँपालिका ४ मा रहेको काली खोलाको उत्गम स्थलमा रहेको कालो र सेतो रंगका हिम शृङखला जस्तै देखिने रमणीय चुलीहरु भए पनि प्रचार–प्रसार गर्न नसक्दा पर्यटकहरु आउन सकेका छैनन् । महाभारत पहाड शृङखला अन्तर्गत तल्लो क्षेत्रको चुरे पहाडको काखमा रहेको भित्तामा अनेकाँै किसिमको पहाड जस्तो देखिने सयौं अग्ला चुचुरोहरु देख्न सकिन्छ् ।

लगभग एकसय वर्ष अघि लडेको पहिरोमा प्राकृतिक रुपमा यस्तो किसिमको संरचना बनेको स्थानीय बताउँछन् । विभिन्न किसिमका बनस्पती, रमणीय वातावरण र भौगोलिक विविधता रहेको यो स्थानको प्रवद्र्धनका लागि स्थानीय जीवनज्योती सामुदायिक वनले योजना नै बनाएर कार्यक्रम लागु गरेको वन उपभोक्ता सामितिका अध्यक्ष मदन तामाङले बताउनु भयो ।

mini mountain

लस्करै आर्कषक रुपमा फैलिएको चुचुरोहरुमा एक किसिमको नुनिलो पदार्थ समेत पाइने हुँदा त्यसलाई खानका लागि विभिन्न प्रजातिका चराहरु उक्त स्थानमा आउने गरेका छन् । हरियाली वन रहेको यो क्षेत्रमा मृग, हरिण, बँदेल, चितुवा, मयुरलगायत सयाँै प्रकारका पशुपन्छीहरु रहेकाले यो क्षेत्र पर्यटकका लागि झनै अवलोकनयोग्य हुने स्थानीयको दाबी छ ।

मेची राजमार्गको सुनमाई सडक खण्डबाट करिब ७ किलो मिटर पश्चिममा रहेको स्थानसम्म पुग्नका लागि राम्रो बाटो समेत नरहेकाले पर्यटक भित्र्याउन नसकेको स्थानीयको भनाई छ । सानो र कच्चि सडक त्यो पनि हिल्लाम्मे भएकोले पर्यटक आउन मन नगर्ने स्थानीयको भनाई छ । भौतिक पूर्वधारको अभावमा घरमा ताला लगाएर झापा बसाईं सर्ने क्रम दिनानु दिन बढेकाले यो स्थानलाई पर्यटकीय क्षेत्रमा विकास गरेर आर्थिक उपार्जनसँग जोड्न सके बसाई सराई रोक्न सकिने पनि स्थानीयहरुको भनाई छ ।

रोङ गाउपालिका क्षेत्रभित्रका पर्यटकिय संभावना बोकेका स्थानको प्रवद्र्धनका लागि गाउँपालिकाले विशेष रुपमा पहल गरीरहेको गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष सुवास तामाङले जानकारी दिनुभयो ।

सरकारले २०२० मा लाखौ पर्यटक भित्राउने तयारीका साथ नेपाल भ्रमण वर्ष अघि बढाइरहेको बेला रोङ ४ बाहुनिखर्क जस्तो नयाँ पर्यटकीय स्थानको पहिचान र प्रचारप्रसारका साथै भौतिक पूर्वधारको विकास गर्नसके आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);