महोत्तरीमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने होडवाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

महोत्तरीमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने होडवाजी

गोपाल झा
महोत्तरी, ३२ साउन । महोत्तरीमा कुल १ लाख ११ हजार ३४ घरपरिवारमध्ये सरकारी तथ्याङ्क अनुसार १२ सय घरमा मात्रै निजि शौचालय बन्न बाँकी छन् तर वास्तविक भने ५० प्रतिशतको हाराहारीमा मात्रै शौचालय बनेका छन् ।

जिल्लाका कतिपय पालीकाहरुमा एउटा पनि सार्वजनिक शौचालय नभएपनि कागजमा भने खुल्ला दिशामुक्त घोषणा गर्ने होडबाजी खुबै देखिएका छन् । जिल्लाको बर्दिबास, गौशाला, रामगोपालपुर, बालुवा र मनरासिसवा नगरपालिका एवम् सम्सी, सोनमा, पिपरा र हालै एकडारा गाउँपालिका सहित नौ वटा स्थानीय तह खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ ।

तर अधिकांश पालिकाहरुको बजार क्षेत्र र गाउँघरमा सार्वजनिक शौचालय नभएका कारण खुल्ला दिशा मुक्तको वोर्ड लागेका ठाउँहरुमै दिसा, पिसाव गरिएका छन् ।

घोषणा हुन बाँकी रहेको ६ वटा पालिकाहरु मध्ये दुई स्थानीय तहमा अनुगमनको काम सकिएर घोषणाको अन्तिम तयारीमा रहेको बताइएपनि अधिकांश पालिकाहरुमा शौचालय छैन । जिल्लाका पालिकाहरु खुल्ला दिशा मुक्तको नाममा लाखौँ रकम भने खर्च भईरहेका छन् ।

जिल्ला समन्वय समितिका अनुसार पाँच स्थानीय तहका केही घरपरिवारमा शौचालय बन्न बाँकी रहे पनि काम धमाधम भइरहेको छ । बाँकी घरमा पनि भदौ १५ भित्रै चर्पी बनाएर खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेर जिल्लालाई आगामी भदौ महिना भित्रैमा घोषणा गरिने समन्वय समिति अध्यक्ष सुरेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

जिल्लाका प्राय जसो पालिकाहरुले आफ्नो पालिकालाई कागजमा मात्र खुल्ला दिसा मुक्त गराएपनि बस्ती र सार्वजनिक स्थलमा शौचालय नहुँदा जिल्ला खानेपानी तथा स्वच्छता समिति र पालिकाहरुले जनतालाई ठग्ने काम मात्र गरिरहेको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);