रौतहटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

रौतहटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान सुरु

rautahat

राकेश यादव
रौतहट, २१ चैत । रौतहटका स्थानीय तहलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान चलेको छ । निकै तामझामकासाथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको नगरपालिकाका अधिकांशको घरममा शौचालय नै छैन । शौचालय नहुँदा सडक किनार र सार्वजनिक स्थलमा जथाभावी शौच गर्न स्थानीय बाध्य छन् ।

खानेपानीमन्त्री बिना मगरले गत बुधबार रौतहटको मौलापुर नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिन । खुल्ला दिसामुक्त क्षेत्र घोषणास्थल नै दुर्घन्धित थियो भने कार्यक्रमका सहभागीहरु शौच कुल्चिएरै कार्यक्रमस्थल पुगेका थिए । सो नगरपालिकाको अधिकांशको घरमा शौचालय नै छैन ।

जिल्लामा ९१ प्रतिशत शौचालय बनेको सरकारी तथ्यांक छ । एक लाख तीन हजार घर रहेको रौतहटमा ९४ हजार शौचालय बनेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भनाई छ । गत साउनमा आएको बाढीले भत्काएका सयौं शौचालय निर्माण भएका छैनन्। तर अनुगमन गरेरै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको सरोकारवालाको दाबी छ ।

जनप्रतिनिधिले चुनावमा भोट नदिएको भन्दै शौचालय बनाउने सामग्रीमा विभेद गरेको स्थानीयको गुनासो छ । भोट दिएकालाई मात्र शौचालय बनाउन सहयोग गर्ने गरेको उनीहरुको भनाई छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहटले अनुगमन गर्दा शौचालय नबनेको स्वीकार गरेको छ ।

गैरसरकारी संस्थाहरूले खुल्ला दिसामुक्त क्षेत्र बनाउन विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन् । खुल्ला दिसामुक्त क्षेत्र बनाउन रौतहटमा करडौं लगानी गरिएपनि बालुवामा पानी हाले सरह भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);