संरक्षण नहुँदा 'मैनाराजा मैनारानी मन्दिर' संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संरक्षण नहुँदा ‘मैनाराजा मैनारानी मन्दिर’ संकटमा

mainaraja mainarani

उदयपुर, २१ चैत । उदयपुरको बेलका नगरपालिका ७ मा रहेको मैनाराजा मैनारानीको मन्दिर संकटमा परेको छ । किरातहरुले पूजा गर्दै आएको मन्दिरको संरक्षण नहुँदा संकटमा परेको हो ।

मन्दिर क्षेत्रको अतिक्रमण हुँदा पनि सराकारी निकायबाट संरक्षणमा चासो नदिएको स्थानीयको भनाई छ । पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिएको मन्दिर १९९० सालको भूकम्पले भत्किएको थियो । पछि सानो मन्दिर बनाए पनि संरक्षण हुन सकेको छैन ।

लिच्छविकालीन शिवलिंग र पर्वतीको मूर्ति रहेको मन्दिरमा किरातहरुले पूजा गर्दै आएका छन् । अधिकांश राईहरुको बसोवास रहेको सो क्षेत्रमा इशापूर्प ११ औं शताब्दीमा मन्दिरको निर्माण भएको इतिहासविद्को भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);