कीर्तिपुरको सबैभन्दा अग्लो स्थानमा अवस्थित उमा महेश्वर मन्दिर, यस्तो छ धार्मिक मान्यता | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

कीर्तिपुरको सबैभन्दा अग्लो स्थानमा अवस्थित उमा महेश्वर मन्दिर, यस्तो छ धार्मिक मान्यता

काठमाडौं, १३ असोज । ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वले भरिएको उमा महेश्वर मन्दिर कीर्तिपुरमा सबैभन्दा अग्लो स्थानमा अवस्थित रहेको छ । उमा महेश्वरलाई शंकर पार्वतीको रुपमा पनि पुजने गरिन्छ ।

यो मन्दिर समुद्रि सतहबाट करिब १४१८ मिटरको उचाइमा अवस्थित रहेको छ । वि.सं. १६५५मा राजा सिद्धिनरसिंह मल्लले भगवान शिव र पार्वतीको आराधनाका लागि यो मन्दिर बनाउन लगाएका थिए भन्ने मान्यता रहेको पाइन्छ । अग्लो स्थानमा अवस्थित यो मन्दिर प्राङणबाट काठमाडौ वरिपरिका सुन्दर दृष्य अवलोकन गर्न सकिनुको साथै उत्तर तर्फबाट चो यु, गौरिशंकर, लाङटाङ र गणेश हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ ।

त्यसै कारण पनि त्यहाँ भगवानको दर्शनका साथै मनमोहक दृश्यावलोकन गर्न मान्छेहरु आउने गरेको पाइन्छ । हामीले छायाङन गर्ने क्रममा पनिसुन्दर दृष्य अवलोकन साथै आनन्द लिइरहेको देख्न सकिन्थ्यो भने वच्चाहरु खेलिरहेका देखिन्थे । मन्दिर अग्लो स्थानमा अवस्थित भएकाले मन्दिरको गजुर देख्न भने सकिदैन थियो । तर पनि हामीले मन्दिर परिसरको तलबाट भएपनि लिने प्रयास ग¥यो ।

प्यागोडा शैलीमा निर्मित यो मन्दिर तीन तल्ले रहेको छ । काठका ढोकाहरू, खम्बा र बीमहरू अष्टमात्रिका र अष्ट भैरव जस्ता विभिन्न देवीदेवताहरूको कलात्मक आकृतिहरू बनाइएको छ । कलात्मक ढोका खोलेपछि उमा महेश्वरको शिलाको मूर्तिको दर्शन गर्न सकिन्छ । मन्दिरमा मूख्य उत्तर तर्फ उमा महेश्वरको उभिएको मूर्ति अवस्थित रहेको छ भने दक्षिण तर्फ जगमाया, पश्चिम तर्फ दुर्गा र पूर्वमा सरस्वती अवस्ति छ ।

मन्दिरमा संरक्षकको रूपमा भीमसेन र कुबेरको मूर्तिहरू स्थापित गरिएको छ । मन्दिरकोमा जान खुटकिला चढदै गर्दा दाँयावायाँ ढुङगाको हात्तिको मूति राखिएको छ । मन्दिरमा पश्चिम तर्फ ठूलो घण्टा देख्न सकिन्छ ।

यस्तो छ धार्मिक मान्यता

उमामहेश्वर मन्दिरको पूर्व घण्ट सारै राम्रो बज्ने थियो भन्ने मान्यता छ उक्त घण्ट भक्तपुरले चोरेर लगेको कथन रहेको पाइन्छ । रातीको समयमा घण्ट चोरी गरेर लग्दालग्दै पाटन पुग्दा कुखुरा बासेकोले छोडेर गएको र त्यस पछि सो घण्ट पाटनका राजाले उठाई लगी तलेजु मन्दिरको भित्र जडान गरी राखेको भन्ने मान्यता छ । मन्दिरको हाल भएको यो घण्ट भने उक्त मन्दिरको होइन भनिन्छ ।

वि.सं. १९९० सालको भूकम्पमा घण्टाघर भत्के पछि घण्टा घरमा पन्ध्र पन्ध मिनेटमा बज्ने क्वार्टर बेल चारवटै झिकिएका थियो । त्यसै बेला तत्कालीन द्वारे जगतबहादुर प्रधानले जुद्धशम्सेर महाराजबाट वक्साएर ल्याइ यहाँ प्रतिष्ठापन गरेको भन्ने भनाइ छ । त्यस बेलाको अन्य तीनवटा घण्ट मध्ये दोस्रो, सिंहदरवारमा, तेस्री, पचली हनुमानघाट र चौथो, भक्तपुरमा दिई पठाइएको थियो भन्ने मान्यता रहेको पाइन्छ ।

मन्दिरको दक्षिण तर्फ कोतघर रहेको छ । मन्दिर विहान ४ देखि ५ बजेसम्म नित्यपूजा गर्ने र बेलुकी आरती गरिने बताइएको छ । विशेष गरेर उमा महेश्वरको पूजा अर्चना गर्नाले बच्चा नहुनेकोे बच्चा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहेको पाइन्छ भने त्यस्तै साना साना बच्चाहरुलाई रुन्चे लागेमा औषधी गर्दा पनि निको भएन भने भएन भने यहाँ विहान सबैरे यहा ल्याउने र जल चढाई खुवाउनाले निको हुने स्थानियको भनाइ छ ।

यस मन्दिरमा दर्शनका लागि टाढा टाढाबाट दर्शनार्थीहरु आउने गरेको पाइन्छ । मन्दिर विशेष गरेर शनिबार र आइतबार बढी भिड हुने बताइएको छ । अहिले कोरोना संक्रमणको भयाभव परिस्थिती मठ मन्दिरहरु बन्द रहेका छन् । यो मन्दिर वन्द रहेको तर नित्य पूजा र आरत भने नियमीत भइरहेको बताइएको छ । फाटफुट दर्शनार्थी बाहिरैबाट भएपनि दर्शन गर्न भने आइरहेका थिए । विगतमा मन्दिर दर्शन गर्न धेरै आउने गरेका बताइएको छ ।

उच्च स्थानमा अवस्थित उक्त मन्दिर परिसरमा स्थनिय वासी आनन्द लिएर गफ गरिरहेको देखिन्थ्ये भने बच्चाहरु प्राङ्णमा खेलिरहेका थिए । मन्दिरको प्राङणमा प्रवेश गर्नू पूर्व धेरै खुटकीलाहरु पार गर्नुपर्छ । खुटकिला चढनु अघि पाटी सतल देख्न सकिन्छ भने पश्चिम तर्फ भगवान गणेश मन्दिर सहित पाटी देख्न सकिन्छ । आरामाका लागि बनाइएका ति सतलहरुमा स्थनिय बुढापाका आराम गर्न वसिरहेका देख्न सकिन्छ । त्यहाँ सँगै चैत्यपनि अवस्थित छ ।

मन्दिर परिसरमा पुग्न खुट्किला पारगर्दै गर्दा दायाँ तर्फ लोकेश्वर मन्दिर अवस्थित रहेको पाइन्छ । मन्दिर पछाडि शिला पत्रपनि देख्न सकिन्छ । मन्दिर अग्लोस्थानमा भएका कारण मन्दिरको गजुर देख्न सकिदैन थियो तर पनि हामी धेरै प्रयास ग¥यो मन्दिरको गजुर देखाउन । यो मन्दिरमा महर्जनहरुको देवाली गर्ने परम्परापनि रहेको बताइएको छ ।

भाद्र पूर्णिमाका दिन उमा महेश्वरको आराधनामा गरि ब्रत जबस्ने परम्परा रहेको छ जसलाई उमा महेश्वर ब्रत भनिन्छ्र । मत्स्य पुराणमा वर्णित कथा अनुसार दुर्वाशा ऋषिको श्रापबाट मुक्ति पाउन भगवान विष्णुले यो व्रत वसि त्राण पाएकाले यो व्रत प्रख्यात भएको मानिन्छ ।

यो एतिहासिक महत्वले भरिपूर्ण उमा महेश्वर मन्दिर दर्शनको महत्व आफ्नै ठाँउमा रहेको छ भने त्यहा रहेको व्यवस्थित वातावरणले गर्दा मन्दिरमा दर्शनका साथसाथै काठमाण्डौंको दृष्यावलोकनका लागि दिन प्रतिदिन आन्तरिक पर्यटक बढदैगएको स्थानियको भनाइ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);