घोराही-होलेरी सडक निर्माण कार्यमा ढिलाई | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

घोराही-होलेरी सडक निर्माण कार्यमा ढिलाई

sahid marga

एलवी मगर
रोल्पा, २१ चैत
। सहिदमार्ग सडक अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक कालोपत्रे गर्न थालेको तीन बर्ष बित्यो । तर अहिलेसम्म सो सडक खण्डको निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । भुकम्पको कारण देखाउँदै निर्माण कम्पनीले ढिलाई गरेको हो ।

दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको ३२ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का सील/प्यासी फीक जेभी कम्पनीले २०७१ सालमा पाएको थियो । भारतको ४० करोड रुपैयाँको सहयोगमा सो सडक कालोपत्रे गर्न लागिएको हो । तर काम सुरु भएकोे तीन बर्षमा १२ किलोमिटर सडकमात्र कालोपत्रे भएको छ । पटक पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले ढिलाई गरेको स्थानीयको भनाई छ ।

आगामी जेठसम्म बाँकी २० किलोमिटर सडक कालो पत्रे गर्ने फेरी सम्झौता भएको छ । भुकम्पका कारण निर्माण सामाग्री र इन्धनको अभावले ढिलाई भएको आयोजनाको भनाई छ ।

समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुको सट्टा सम्बन्धित निकायले म्याद थप गर्न सहमती जनाएको स्थानीयको भनाई छ । सडक कालोपत्रे नहुँदा सवारी चालक र यात्रुलाई कठिन भएको छ । थपिएको समयमा सो सडक कालोपत्रे गरिसक्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);