सम्झौता समय सकियो तर सडक सकिएन  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सम्झौता समय सकियो तर सडक सकिएन 

दाङ। दाङको तुलसीपुर–सल्यान कालीमाटी–सुर्खेत सडक खण्ड ठेकेदारको लापरबाहीले निर्माण अलपत्र परेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने यो सडक निर्माण सक्ने सम्झौंता सकिएको एक वर्प वितिसक्दा पनि निर्माण पुरा हुन सकेको छैन । २०७८ असार २० मा सम्पन्न हुनु पर्ने सडक सम्झौंता सकिएको १ वर्ष बितिसक्दासमेत आधाकाम पनि हुन सकेको छैन । कालोपत्रे गरिएका ठाउँमा कालोपत्रे उप्किएको छ । १७ किलोमिटरभन्दा बढी सडकमा कालोपत्रेको काम गर्न बाँकी रहेको छ । सडकको समयमै स्तरोन्नति नहुँदा कालीमाटीवासीले सास्ति भोग्दै आइरहेको स्थानीय देवीलाल वलीले बताए । ठेकेदार कम्पनीले जति चुस्त द्रूस्त गतिमा काम गर्नु पर्ने हो त्यो गर्न नसकेको उनको भनाईछ । कम्पनीले सडक छेउमा बालुवा गिट्टी थुपार्दा झनै जोखिम बढेको वलीको भनाई छ । पाँच वर्षमा सडक पिच गर्ने भनिएपनि ६ वर्षभन्दा बढी बितिसक्दासमेत आधाकाम पनि हुन नसकेको कमला रावतले बताइन्।  निर्माण भएको सडक पनि गुणस्तरीय नभएको उनको भनाई छ ।

२०७४ असार २० गते सुरु भएर २०७८ असार २० मा सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ठेकेदार कम्पनीले काम नगर्दा सडक अलपत्र परेको छ । एक पटक म्याद थप भइसकेको छ भने फेरि म्याद थप्ने तयारी भइरहेको छ । तर, ठेकेदार कम्पनीको कामनगर्दा नागरिकलाई सास्ती भएको छ  ।सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे गर्न ४४ करोड बजेट  विनियोजन गरेको थियो । कार्यालयले गरेको टेन्डर अनुसार कालिका जेभी कन्स्ट्रक्सने कामको जिम्मेवारी पाएको हो । लगातार दुई वर्ष कोरोनाकाकारण र कच्चापदार्थको अभावमा काम गर्न नसकेको ठेकेदार कम्पनीले बताएको छ । अझै कालो पत्रेको कामगर्न बाँकी रहेकाले सडक साँघुरो हुँदै जाँदा दुर्घटनाको जोखिम समेत बढेको छ । कालोपत्रे गरेको ठाउँमा पनि गुणस्तरीय कामनगर्दा कालोपत्रे उप्किएको कालीमाटी गाउँपालिका १ का वडाध्यक्ष रविलाल बस्नेतले बताए । अगाडी कम्पनीले काम गरी रहेको जस्तो गरी रहेको छ तर पछाडीबाट कालोपत्रे उप्किँदै गइरहेको छ उनले भन्नु भयो । ठेकेदार कम्पनीले चार वर्षको अवधिमा २७ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा झन्डै १० किलोमिटर मात्र गरेको कालीमाटी गाउँपालिका प्रमुख दानबहादुर खत्रीले बताए । ठेकेदार कम्पनीलाई बारम्बार ताकेतागर्दै आए पनि कामलाई गति दिन आनाकानी गरिरहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);