रूप फेर्दै कोटेश्वर–कलंकी सडक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रूप फेर्दै कोटेश्वर–कलंकी सडक

काठमाडौं, २२ माघ । निर्माणाधीन कोटेश्वर–कलंकी (१० किमि) सडक खण्डको काम करिब ६० प्रतिशत सकिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार सडक खण्डमा पर्ने मुख्य चार पुल निर्माण भइसकेका छन् ।

कोटेश्वरदेखि महालक्ष्मीस्थानसम्मको सडकखण्ड करिब–करिब कालोपत्रे भइसकेको छ । महालक्ष्मीस्थानदेखि कलंकी चोकसम्म भने कालोपत्रे हुन बाँकी छ । त्यस्तै सडकको बाँकी भागमा पर्खाल लगाउने काम लगभग सकिएको छ ।

ठेकेदार कम्पनीले बाँकी भाग निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ जम्मा गरिसकेको छ । तर, यही गतिमा काम भए पनि निर्माण सम्पन्न हुन दसैँ लाग्नेछ ।

० कोटेश्वर–कलंकी सडक निर्माण ६ सेप्टेम्बर २०१३ देखि सुरु भएको हो । सम्झौताअनुसार सडक निर्माणको सबै काम ४० महिनाभित्र सकिसक्नुपर्ने हो । ५ जनवरी २०१७ मा ठेकेदार कम्पनीले निर्माणको सबै काम सकेर सडक विभागलाई हस्तान्तरण गरिसक्नु पर्ने हो । तर, भूकम्प र नाकाबन्दीका कारण काम प्रभावित बन्न पुग्यो ।

० १०.३९६ किमि कोटेश्वर–कलंकी सडकखण्ड निर्माणका लागि चीन सरकारले पाँच अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । चीन २५ फेब्रुअरी २०११ मा उक्त सडक निर्माणका लागि आर्थिक सहयोग गर्न प्रतिबद्ध भएको थियो । लगत्तै बाँकी रिङरोडको काम सुरु हुनेछ ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);