कलंकीमा ८ सय मिटर लामो 'अन्डरपास वे' निर्माण अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कलंकीमा ८ सय मिटर लामो ‘अन्डरपास वे’ निर्माण अन्तिम चरणमा

underpass

फूलमाया आले
काठमाडौं, २३ माघ
। कोटेश्वर–कलंकी १० किलोमिटर चक्रपथ ८ लेनमा विस्तार गर्ने काम जारी छ । सडकखण्ड अन्तर्गत कलंकीमा ८ सय मिटर लामो अन्डरपास वे निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएपछि कलंकीमा सवारी जामको समस्या हट्ने विश्वास लिइएको छ ।

अध्याधिक सवारी चाप हुने कलंकी चोकमा ८ सय मिटर लामो अन्डरपास वे निर्माण भइरहेको छ । चिनियाँ कम्पनीले निर्माण गरिरहेको अन्डरपासको ८० प्रतिशत काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ । कलंकी चोकबाट बल्खुतिर ४ सय मिटर र सितापाइलातिर ४ सय मिटर अन्डरपास निर्माण कार्य सन् २०१८ को जुलाईसम्ममा सक्ने लक्ष्य लिइएको छ । अन्डरपास बनेपछि भूमिगत रुपमा सवारीसाधन चल्ने हुँदा कलंकीमा हुने सवारी जामको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

त्यस्तै निर्माणाधीन कोटेश्वर–कलंकी १० दशमलव ३९ किलोमिटर सडक खण्ड ८ लेनको बनाउने काम पनि करिब ६० प्रतिशत सम्पन्न भएको छ । उक्त सडकखण्ड निर्माणका लागि चीन सरकारले पाँच अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोटेश्वर–कलंकी सडक खण्ड विस्तरको काम सकिएसँगै चीनसरकारलेनै चक्रपको बाँकी १७ किलोमिटर सडक पनि बिस्तार गरिदिने बताएको छ । चक्रपथ विस्तारको दोस्रो खण्डमा कलंकीदेखि महागंजसम्म र तेस्रो खण्डमा महाराजगन्जदेखि कोटेश्वरसम्मको काम हुनेछ ।

काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कलंकी–कोटेश्वर सडक खण्डमा पर्ने मुख्य चार पुल निर्माण भइसकेका छन् भने ९ वटा आकासे पुल मध्ये ३ वटासम्पन्न भईकेको छ । बाँकी ४ वटा निर्माणाधीन छ । कोटेश्वर–कलंकी सडक निर्माण ६ सेप्टेम्बर २०१३ देखि सुरु भएको हो । सम्झौताअनुसार सडक निर्माणको सबै काम ४० महिनाभित्र सकिसक्नुपर्ने हो । ५ जनवरी २०१७ मा ठेकेदार कम्पनीले निर्माणको सबै काम सकेर सडक विभागलाई हस्तान्तरण गरिसक्नु पर्ने हो । तर, भूकम्प र नाकाबन्दीका कारण काम प्रभावित भएको दाबी गरिएको छ ।।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);