लागु औषध र नक्कली नोट सहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

लागु औषध र नक्कली नोट सहित ५ जना पक्राउ

पर्सा, २३ माघ । पर्सा प्रहरीले लागु औषध र नेपाली नक्कली नोट सहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्जको रजतजयन्ती चौकबाट वीरगञ्ज १ का अब्दुल कलाम, सुवर्णपुर १ का संजीव खड्का र काभ्रेका राजीव थापालाई लागु औषध सहित पक्राउ गरेको हो । त्यस्तै वीरगञ्जको घण्टाघरबाट नेपाली १ हजारको १९ थान नक्कली नोट सहित मकवानपुर थाहा नगरपालिका ४ का नारायण गुरुङ र काकडा गाउँपालिका ५ का कृतीबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका सवारी साधनहरु कारवाहिका लागि राजश्व अनुसन्धान विभाग, मध्यक्षेत्रीय कार्यालय पथलैयामा पठाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);