किन बन्द भयो कलंकीको नेसनल अस्पताल ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

किन बन्द भयो कलंकीको नेसनल अस्पताल ?

hospital

काठमाडौं,२४ माघ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कलंकीमा रहेको नेसनल अस्पताल प्रालि बन्द गर्न निर्देशन दिएको छ । सरकारी निकायबाट अनुमति नलिई सेवा सञ्चालन गरेको फेला परेपछि अस्पतालका सबै सेवा बन्द गर्न निर्देशन दिएको हो ।

विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठका अनुसार उक्त अस्पतालमा पुस १८ गते नै अनुगमन गरिएको थियो । प्रारम्भिक अनुसन्धानबाटै अस्पतालले मापदण्ड पूरा नगरेको देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयले पनि अस्पतालले मापदण्ड पूरा नगरेको जानकारी गराएपछि उक्त अस्पताल बन्द गर्ने निर्देशन दिइएको हो ।आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);