छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको निर्देशन

us embassy in china

एजेन्सी, ९ साउन । चीनले दक्षिण–पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । केही दिन अघि अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यस्तो निर्णय गरेको हो ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयले स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको हो । चिनियाँ विदेश मन्त्रालयले एउटा वक्तव्यमा आफ्नो निर्देशनलाई अमेरिकाको अनुचित कार्यको प्रतिक्रियाको रूपमा लिइएको उचित र आवश्यक कदम भनेको छ ।

सो दूतावास तिब्बतसँग नजिक भएका कारण रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ। यो कार्यालय अमेरिकाले सन् १९८५ मा खोलेको थियो र हाल २ सय कर्मचारी कार्यरत छन् ।

अमेरिकी विदेश मन्त्रालयले “बौद्धिक सम्पत्तिको रक्षाका निम्ति“ उक्त कदम चालिएको जनाएको थियो।तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले त्यसलाई “आक्रामक तथा अनुचित“ भनेका थिए। अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);