रुसलाई वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

वासिंटन, १६ भदौ । सान फ्रान्सिस्कोमा रहेको वाणिज्य दूतावास र अन्य दुई मिशन पनि बन्द गर्न रुसलाई अमेरिकाले आदेश दिएको छ । अमेरिकी सरकारले रुसको अनुचित कारवाहीको जवाफस्वरुप भन्दै आगामी शनिबारसम्ममा न्यूयोर्क र वासिंटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द गर्न आदेश दिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

 

केही समय अगाडि रुसले आफ्नो देशमा रहेका अमेरिकी कूटनीतिज्ञको संख्या घटाएको थियो । यसअघि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप र क्रिमियामा कब्जा गरेको विरोधमा प्रतिबन्ध लगाउँदै ३५ रुसी कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश दिएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);