चरम गरिबी : छोराछोरीलाई झुण्डाएर बाबुआमाले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, १६ भदौ । गरिबीसँग लड्न नसक्दा एक परिवारका चार जनाले आत्महत्या गरेका छन् । चरम गरिबीका कारण आत्महत्या गरेका दमपत्तिले आफ्ना दुई सन्तानलाई फाँसी लगाएर आफूहरुले पनि आत्महत्या गरेका हुन् ।

 

घटना भारत जोधपुरस्थित भाकरी गाउँको हो, जहाँ एक झुपडीमा चार वटा शव भेटिएपछि सनसनी फैलिएको हो । भाकरी गाउँबासीले दिएको बयान अनुसार आत्महत्या गरेका दम्पत्ति लामो समयदेखि आर्थिक अभावमा थिए । बिरामी रहेकी श्रीमती र छोरीको उपचार गर्ने खर्च नहुँदा आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

आफ्नै खेतमा बनेका झुपडी भित्र ती दम्पत्तिले आत्महत्या गरेका हुन् । प्रहरीको चेकजाँचका क्रममा उनीहरुको घर भित्र खाने कुरा समेत भेटिएको थिएन । उक्त दम्पत्तिको एक छोरा भने घर बाहिर रहेकाले बाच्न सफल भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);