मन्त्रीपरिषद् विस्तार गर्दै मोदी सरकार, ५ मन्त्रीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारत, १७ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आर्इतबार मन्त्रीपरिषद विस्तार गर्ने भएका छन्। भोली बिहान सवा दश बजे १५ नयाँ मन्त्रीको शपथ ग्रहण कार्यक्रम तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

 

भोली भारतीय जनता पार्टीका महासचिव भूपेंद्र यादव, पार्टी उपाध्यक्ष विनय सहस्रबुद्धे, प्रहलाद पटेल, सुरेश अंगडी, सत्यपाल सिंह और प्रहलाद जोशी  मन्त्री बन्ने भएका हुन्। हिजो पाँचजना मन्त्रीले राजीनामा दिएपछि मोदी सरकारले नयाँ मन्त्री थप्न लागेको हो।

 

राजीनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यम सम्बन्धी मन्त्री गिरीराज सिंह रहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);