केन्यामा एक महिना पहिले भएको राष्ट्रपतीय चुनाव रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एजेन्सी, १७ भदौ । अफ्रिकी देश केन्याको सर्वोच्च अदालतले गएको महिना त्यहाँ भएको राष्ट्रपतीय चुनाव रद्द गरेको छ ।

 

सर्वोच्च अदालतले चुनावमा अनियमितता भएको पुष्टि भएको भन्दै गएको अगस्ट ८ मा भएको चुनाव रद्द गरेको हो । अदालतले अर्को चुनाव अबको ६० दिनभित्र गर्न आदेश दिएको छ । चुनावमा उहुरु केन्याटा राष्ट्रपतिमा विजयी हुनुभएको थियो । विपक्षीले चुनावमा केन्याटाले अनियमितता र धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

 

राष्ट्रपति केन्याटाले चुनाव रद्द भएको फैसला गर्ने न्यायाधीशमाथि बदमासको आरोप लगाउँदै अदालतको निर्णयको सम्मान गर्ने जनाएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);