माडागास्करको राष्ट्रपतिमा राजोएलिना निर्वाचित भएको अदालतले गर्यो पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

माडागास्करको राष्ट्रपतिमा राजोएलिना निर्वाचित भएको अदालतले गर्यो पुष्टि

एजेन्सी, १८ मंसिर । माडागास्करको उच्च संवैधानिक अदालतले नोभेम्बर १६ मा भएको राष्ट्रपति चुनावमा राष्ट्रपति एन्ड्री राजोएलिनाको विजयी भएको पुष्टि गरेको छ । एचसिसीद्वारा घोषणा गरिएको अन्तिम नतिजाअनुसार राजोएलिनाले पहिलो चरणको जितका लागि आवश्यक ५० प्रतिशत थ्रेसहोल्डलाई पार गर्दै ५८.९६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

संयुक्त राज्य अमेरिका र युरोपेली संघसहित अन्टानानारिभोका धेरै कुटनीतिक प्रतिनिधित्वहरूले एचसिसिद्वारा प्रकाशित अन्तिम नतिजाहरूलाई स्वीकार गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् । मडागास्करले नोभेम्बर १६ मा आफ्नो पहिलो चरणको राष्ट्रपतीय निर्वाचन गरेको थियो । जसमा आगामी पाँच वर्षको लागि राष्ट्रिय नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १३ जना उम्मेदवारहरू समावेश थिए ।

दुई पूर्व राष्ट्रपतिहरू, मार्क राभालोमनाना र हेरी राजाओनारिमाम्पियानिना लगायत धेरै उम्मेद्वारहरूले चुनाव स्थगित गर्न आह्वान गरेका थिए । उनीहरुले आफ्ना समर्थकहरूलाई मतदानबाट टाढा रहन आग्रह गरेका थिए । उनीहरूले राजोएलिनालाई फ्रान्सेली नागरिकता प्राप्त गरेको कारण चुनावबाट अयोग्य घोषित गर्नुपर्ने तर्क गरेका थिए । यद्यपि देशको सर्वोच्च अदालतले गत महिना राजोएलिनालाई योग्य ठहर गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);