मतगणना रोक्न ट्रम्पले दिएकाे उजुरी संघीय अदालतद्वारा खारेज | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मतगणना रोक्न ट्रम्पले दिएकाे उजुरी संघीय अदालतद्वारा खारेज


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय स्थानमा मतगणना तत्काल रोक्न माग गर्दै दिएका उजुरीहरु संघीय अदालतले खारेज गरिदिएको छ । ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिनुभएको थियो ।

आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी अदालतले खारेज गरिदिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । जर्जिआमा ढिलोगरी आएका ५३ ओटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दाबीसहित मुद्दा दायर भएको थियो । मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मतगन्तीको प्रक्रियामा पहुँचको माग गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एकजना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए । ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए ।

अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । अमेरिकामा हरेक चार–चार वर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);