ट्रम्पले भिटो प्रयोग गरेर ल्याएको सुरक्षासम्बन्धी विधेयक संसदबाट अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ट्रम्पले भिटो प्रयोग गरेर ल्याएको सुरक्षासम्बन्धी विधेयक संसदबाट अस्वीकृत

एजेन्सी, १८ पुष । अमेरिकी सदनले रक्षा विधेयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरेको छ ।

राष्ट्रपति ट्रम्पले सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेपनि सदनले सो भिटो रद्द गर्नका लागि आफ्नो शक्ति प्रयोग गरेको हो ।

विधेयकलाई आफ्नै पार्टीका सांसदहरुले समेत विपक्षमा मतदान गरेका छन् । ट्रम्पको चार वर्षे शासनकालमा पहिलोपटक भिटो संसदले रद्द गरेको हो । डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो ।

अमेरिकी संसदको तल्लो सदनका राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयकहरु दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रपति ट्रम्पले यसअघि पनि आठ वटा विधेयक भिटो प्रयोग गरेर कानुन बनासक्नुभएको छ । भिटो खारेजपछि राष्ट्रपति ट्रम्पले संसदको यो कदमले सुरक्षा प्रणाली कमजोर बनाउने टिप्पणी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पको पदावधि यही जनवरी २० मा समाप्त हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);